Logo

विश्व

लिस्बनको निलो मेट्रो लाइनमा सुरुङको छत खस्यो, ४ घाइते, मेट्रो अवरुद्ध



गणेश पाण्डेय, लिस्बन, १३ असोज – लिस्बनको निलो मेट्रो लाइनमा छत खस्दा ४ जना घाइते भएका छन्। उक्त घटना प्रासा दे स्पान्ह्या र साउ सबास्सियो स्टेशनको बीचमा भएको हो।

मेट्रो लाइनमै छत खस्दा यात्रुहरूले भागाभाग गरेका थिए। छत खसेपछि निलो लाइन अवरुद्ध भएको थियो।

छत खस्दा ४ जना घाइते भएतापनि कोही पनि हताहत नभएको पिएसपी प्रहरीले जानकारी दिएको छ। मेट्रो सुरुङको छत कसरी र किन खस्यो भन्ने बारेमा अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

घटनामा घाइते भएका ४ जनामध्ये दुई जनालाई सामान्य चोट लागेकाले घटनास्थलमै उपचार गरिएको छ। अन्य २ जनालाई उपचारका लागि इनेम एम्बुलेन्समा अस्पताल लगिएको छ।

घटना सोमबार दिउँसोको हो। अहिले निलो मेट्रो अवरुद्ध भए पनि अहिले सान्ता अपोलोनियादेखि मार्केस पोम्बाल र रिबोलेइरादेखि लारेञ्जेइरससम्म मात्रै सञ्चालन भइरहेको छ।

प्रकाशित : १३ आश्विन २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल