Logo

विचार

आनीको फूलको आँखाबाट हेर्दा…



आनी छोइङ डोल्माको फूलको आँखामा नाम राखिएको जीवन कथा अठार परिच्छेद र उपपरिच्छेदहरू जोड्दा उन्नाइस परिच्छेदमा बाँडिएको छ। यो सबै परिच्छेदहरू ‘एक से एक’का छन्। कुनैमा त उनको सम्प्रेषण, शैली सारै मर्मस्पर्शी छन्। यस्तै लाग्छ, हामीसँगै बसेर उनीले जीवन कथा भनि रहेकी छिन्। उनले भनिरहेका कुराहरू सजीव लाग्छन्। उनको जीवन कथा खोलाको पानी बगेझैं सलल बगेको छ। नेपाली दाजुभाई दिदीबहिनीका लागि फूलको आँखामा फूलको संसार गतिलो कोशेली दिएकी छिन्। उनले बाबुको कुटाई र गुरुको कृपाले ‘आनी’ बनाइदिएको स्वीकार गर्छिन्। त्यस्तो नभई दिएको भए अन्य धेरै भोटिया महिला जस्तै आत्मसमर्पण गरेकी सानी जस्तै प्रत्येक दिन, बिहान भात पकाउनमा, लुगा धुनमा र रात लोग्नेलाई सन्तुष्ट पार्नमा बित्ने गर्छ। यो भोटिया महिलाको मात्र होइन आधिकांश घर गृहणीको जिउँदोजल्दो तस्वीर हो। तर, उस्को संकल्प र हठताले पुरुष कामनालाई पखेटा लाग्ने बाटो देखाइदिनाले कुनै पसलेकी पत्नी बन्नबाट रोकी आनी बनिन्छ। र, उनीमा प्रेम र कुरुपको हतियारले युद्धरत रहेकी छिन्।

काठमाडौं बौद्धको उत्तरपूर्वी बौद्धमा जन्मिएकी उनी बौद्ध स्तुप वरिपरिको परिवेशको घर समाजमा उनको १३ वर्ष बित्यो। उनकी आमाले उनलाई नेपालको सबैभन्दा ठूलो स्तुप भनि सुनाउँदा आमाको अनुहारमा गर्वको अनुभूति देख्ने गर्थिन् रे, उनी आफैलाई पनि भोटिया रगत नसानसामा बगे पनि आफूलाई नेपाली ठान्छिन्। बुद्ध जन्मेकै यो देशमा जन्मिएको अनुभूतिले उनको छाती गर्वले फुल्ने गर्छ। यो सबै नेपालीको छाती गर्वले फूल्ने गर्नु पर्दछ। चाहे भोट, मधेश, मुग्लानबाट आएका उनी नेपाली भएसम्म हाम्रा समाजमा छोरीहरूले ठूलाहरुको निर्णय बिरुद्ध बोल्ने हैसियत राख्दैनन्, अहिले पनि आफ्ना सन्तानका बारे अभिभावकले नै निर्णय लिन्छन्। यही परिप्रेक्ष्यमा उनको आमा बुवाको विवाह भयो। उनको आमाको दोश्रो विवाह उनको बासँग भयो। उनको बा (नयाँ श्रीमानले) जारी वापतको पैसा दिनासाथ केही नबोली प्रथम लोग्नेले पैसा खल्ती हिँडेछन्। उनकी आमा आफूले मनमुटु दिएको व्यक्तिले यत्ति चाँडो सबै कुरा बिर्सिएकामा अचम्मित हुँदै परिवारसँग सम्झौता गरिन्। पाँच वर्षको उमेर पुगेपछि पानी ओसार्ने र आमालाई सघाउन पाएकोमा गर्व लाग्थ्यो उनलाई। उनी आमालाई असाधै माया गर्थिन्। उनकी आमाले सुख के हो भन्ने थाहै नपाए पनि गुनासो गरेको कहिल्यै सुनिन्। किनभने बा (बाबु) प्रायः मातेर घर आउने र आमालाई भकुर्ने गर्थे। उनी र उनकी आमाले बाको कुटाई प्रायः खाइरहनु पर्दथ्यो। उनी भन्छिन्, ‘म आतंकमा बाँचेकी थिएँ।’ उनलाई पिटाई खाइरहेको क्षण भन्दा पिटिन्छु भन्ने क्षण बढी पीडादायी हुन्थ्यो।

गरिबी थियो, उनको परिवारमा । बाले मूर्ति बेचेर कमाएको भरमा उनका दुई भाइ, उनी र बा आमा बाच्नु पर्दथ्यो। यही गरिबीमा तीन चार जनाले लगाइसकेको लुगा ती उनको शरीरमा हुन्थ्यो रे! बाको यातनाबाट आमा उम्केर केहीछिन बाहिर हुँदा दाजुभाईसँग एक्लै हुँदा उनलाई आफू महत्त्वपूर्ण मान्छे लाग्थ्यो। उनले भाइको स्याहारसुसार भन्यो, कसैलाई हेरेरै मात्र पनि उसको मनको दर्दलाई बुझ्न सक्नु नै प्रेम हो। उनको बुवा कहिल्यै काहीँ झुक्किएर मात्रै मान्छेले जस्तै व्यवहार गर्नु हुन्थ्यो। उनको भनाईमा– उनले तिमी र तिम्रा भाइहरू जस्ता बहुमूल्य सम्पत्ति दिएका छन्। प्रत्येक बौद्ध धर्मावलम्बीले भनेझैँ उनकी आमा जीवनका हरेक भोगाई कर्म कामहरूको परिणत मान्नु हुन्थ्यो। त्यसैले उनले पाएको पतिको जस्तो सुकै हिंश्रक व्यवहार भोग्न तयार हुन्थिन्, उनको मनमा बिहे भनेको सास्ती भोग्नु थियो, जुन उनकी आमाले भोगिरहेकी देखिइन्। तर पनि आनी बन्ने विचार थिएन। समाधानको रुपमा पुरुषको दासत्वबाट मुक्ति पाउन स्वतन्त्र हुन आनी बन्ने अठोट गरिन्। कुनै बौद्ध धर्मावलम्बीका निम्ति उसको परिवारको कुनै सदस्य अध्यात्मको बाटो समात्नु सकारात्मक मानिन्छ। यसबाट सबै आफन्तहरू पुण्य कमाउँछ भन्ने भनाई छ। आनी बन्ने अठोट गर्दा आमा मुस्कुराएकी थिइन्। बाको अनुहारमा हाँसो थियो। तर, आनी बनेपछि गुम्बामा उनको टाउको बिसाउने आमाको आनन्दी छाती थिएन। आँसु निस्कदै गरेका आँखा पुछ्ने हातहरू थिएनन्। जीवनमा उनले पहिलो पटक १३ वर्षको उमेरमा उनले गुम्बामा प्रवेश पाएकी थिइन्। गुम्बाको बसाईका जीवन शुरुका दिनहरू उनलाई कुनै कैदीले छुट्टी मनाउँदै गरेको लाग्यो। त्यहाँका आनीहरू र गुरूहरूको अनुशासनले उनी आफूमाथि झुण्डिएको तरवारबाट सधैं त्रस्त हुन्थिन्। गुम्बाबाट बेला बखत काठमाडौं झर्थिन्। शरणार्थीहरू साँझका बेला यो कच्ची सडकमा भौतारिँदै कसैले सुन्न नचाहने व्यथाहरू नशाको सुरमा बर्बराउँदैै हिँडेको भेट्थिन्। गुरू र गुम्बाका पाहुनाले दिएको पैसाले भाइहरूका लागि उपहार किनी दिन्थिन्। कम्तिमा मजस्तो विपन्न हुनुको पीडा भाइले झेल्नु नपरोस् भन्थिन्।

आनीले १२ वर्षभन्दा बढी गुम्बाको जीवनपछि २६ वर्षको उमेरमा उनले नागी गुम्बा छाड्ने निश्चय गरी अबको दायित्व भनेको जीवनले आफूलाई लगाएको गुनको पैंचो तिर्नु थियो।

सानै उमेरमा गुम्बा पुगेका आनीहरू तरुनी भएपछि मन फेरिएर गृहस्थीको बाटो समात्न पुग्छन्। लोग्ने मान्छेको आकांक्षाबाट उत्पन्न हुने आकर्षणले आनीहरूको विचार पनि बदलिएको पाइन्छ। तर, उनीमा सबैभन्दा महत्त्वपूर्ण कुरा पुरुषको जालमा नपर्ने थियो। यद्यपि, नागी गुम्बामै घुम्न आएको जवान लामा भेटेकी थिइन्। उनीहरूको चार पटक देख्दा पनि एक अर्कालाई हेर्दा त्यहाँ थुप्रै भावहरू आदानप्रदान हुन्थे। आँखा जुधाई आफूलाई कसैले हेरेको अनुभूति गर्दा मनमा लाग्ने हल्का काउकुती यादहरूको हावा उनको छेवैबाट पर बग्दै जान्थ्यो। उनी लहरै ग्रहण चाहन्थिन्। तर, उनको मनमा तत्कालै कुरा चल्थो– उनले विवाहित जीवन चाहेको नै होइन। नागी गुम्बाका नब्बे प्रतिशत आनीहरू लेख्न पढ्न सक्दैनथिए। अनि बहुसंख्यकको सोचाई पनि आनीलाई औपचारिक शिक्षा किन चाहिन्छ र? उनीहरूले त आफूलाई गुरूका सेवा मन्त्र पढ्नपर्छ, र गुम्बाको सरसफाईमै जीवन बिताउने हो। यहाँ पनि लोग्ने मान्छेले पढाई गुनाई र महिलाले घरायसी काम गरेर जिम्मेवारी विभेदको शिकार भएको महसुस गरिन्। लामाहरू ज्ञान भरिएका हुन्थे। उनीहरू दिनभरि पढ्ने र जे कुराको पनि अर्थ जान्ने हुँदा सर्वत्र पूज्य हुन्थे। आनीहरूलाई पनि लामाले जतिकै अवसर पाउनुपर्छ भन्ने सोच नदेखिँदा आनीहरू सधैं गुरूका सेवा र मन्त्र पढ्ने मात्र भएकाले आफूमा भएको ज्ञान कसैलाई दिन सक्ने क्षमता थिएन। त्यसैले आनीहरूको निम्ति पढ्ने अवसर जरुरी ठानिन्। उनले आनी हुनुलाई बोझको रुपमा लिएको त्यतिखेर थाहा पाइन्, जब सोनाम अमेरिकामा बसी दाम्पत्य जीवन जिउन चाहेर नेपाल फर्किएनन्।

२०५२ सालमै मोटर हाँक्न थालेकी उनी नचाहेरै प्रथम आनी ड्राइभर बनिन्। जहाँ बढी उपयोगी बन्नसक्नु त्यही जीवन उपयोगी होस्। नागी गुम्बामा आनीको जीवन जिउन सिकिन्। दीक्षा पाउन थालिन्, अन्धकारलाई सराप्नुभन्दा आफूले एउटा दीयो बालेको बेस र अरुसँग रिसाएर कुरा काटेर आफ्नो उर्जा र क्षमता खेर फाल्नुभन्दा उनीहरूप्रतिको दृष्टि फेर्नुपर्छ भन्ने उनको सोचाई रह्या । अरु खराब छन् भने उनीहरूलाई सहयोग गर। उनीहरुबाट तिमीलाई केही लिनु छैन भने केही देऊ। तिमी अरुलाई फेर्न सक्दैनौ। त्यसैले आफैलाई फेर्न शुरु गर भन्ने अनुभूति भयो। उनलाई नागी गुम्बामा गुरूले बाटो देखाइदिन्थे। परिपूर्ण, भद्र, समझदारीपन र तदारुक बन्न उनले सिकिन्। नागी गुम्बाको आनी जीवनको १५ वर्षको उमेरदेखि उनको सिंगापुरको यात्रा शुरु भयो। विदेशमा गगनचुम्बी घरका झ्याल–झ्यालमा सुकाएको लताकपडा देख्दा झण्डा ठानेकी रहिछिन् उनले। किनमेल हुन्थ्यो। तर, ती बस्त्र आनीका लागि थिएनन्। तर, आमाबुवालाई हेर्ने र आवश्यकता परिपूर्ति गर्न उनी सधैं दत्तचित्त हुन्थिन्। गुरूले पनि भनेका रहेछन्– आफ्ना अभिभावकप्रति सबैभन्दा बढी ऋणी हुुनुपर्दछ। बाआमालाई सम्झना गर्नुपर्छ उहाँरूले जीवन दिनुभयो, सबैभन्दा उत्तम उपहार यही थियो। उनको परम्परागत आनी जीवनभन्दा फरक तरिकाले जीवन बिताउन थालिन्। बारम्बार बा आमालाई चिन्ता लागेको रहेछ, छोरीले धर्मको बाटो त्याग्ने हो कि भनेर। नागी गुम्बामा आनीले गुरूको सेवा गर्नुप¥यो। गुरूको भद्र व्यवहार, उदार स्नेह र सहनशील आदि गुणहरू उत्तिकै भेटिन्।

बाआमाको झगडा सधैं महाभारतझैं थियो। बाआमाको युद्धविराम गराउन मध्यस्थकर्ताको भूमिका निभाउनु पर्दथ्यो उनले। गुरूलाई धन्यवाद र आभार व्यक्त गर्नु कुनै पनि मान्छेभित्रबाट जाग्नु पहिलो कदम हो भने उनीहरूको भोगाईबाट मुक्त पार्दिनु अर्को कदम हो। आफ्ना लागि खुशियालीको जग बसाल्ने हामी स्वयंले हो। जीवनलाई त्यसैगरी हेर, जसरी एउटा नयाँबजार भेटेपछि व्यपारीले विश्लेषण गर्छ। उर्गेन रिम्पोछेपछि संसारमा आमालाई नै सबभन्दा बढी मान्थिन् उनी। तर, शोख मनाउनु जीवनको एउटा यस्तो भोगाई हो जसमा एक्लैले त्यो बाटोबाट पार पाउनु पर्छ। आनीले १२ वर्षभन्दा बढी गुम्बाको जीवनपछि २६ वर्षको उमेरमा उनले नागी गुम्बा छाड्ने निश्चय गरी अबको दायित्व भनेको जीवनले आफूलाई लगाएको गुनको पैंचो तिर्नु थियो। उनले सांगीतिक यात्रा शुरु गरिन्। आमालाई प्रेममोहमा जोड थियो। बाको चालचलनको प्रतिक्रिया पनि अचम्मैको थियो। बाले पतिको खुशीमा नै आफ्नो खुशी बताएका थिए। आमाको माया पवित्र थियो, जसमा अरुको खुशीको निम्ति आफूले सधैैं सबै दिनु तर त्यसको बदलामा कुनै अपेक्षा नगर्नु भन्ने भाव भेटिन्थ्यो। जब मानिसलाई गरिबीले अचेट्छ, त्यस बेला पूर्वसचेतता जस्ता कुराहरू गौण हुँदा रहेछन्। उनी आनीहरूको पढ्ने स्कूलका लागि सांसारिक जीवन भनेको त्यो पोको जस्तै हो। बाहिरबाट हेर्दा सारै राम्रो र आकर्षक, तर समय बित्दै जाँदा त्यो विभत्स हुन थाल्छ र दुर्गन्ध फैलाउन थाल्छ। जब मान्छेलाई कुनै कुरा मनपर्दैन, त्यति बाहेक उसले गर्ने भनेकै विपरीत दिशाको यात्रा हो।

बाल्यकालमा एउटा पुतलीको हकदार समेत बन्न नसकिने आनीले गरिबीको दलदलमा फसेका साना बहिनीहरूको जीवन सार्थक बनाउने योजना पूरा गर्दै थिइन्। उनीले आफ्नो जीवनका रिक्त ठाउँहरूमा अरुलाई उपलब्ध गराएर रमाउन थालिन्। उनको बाको मृत्यु भयो, आमाको मृत्यु भयो। मान्छेले पीडा भोगिरहेको त हुन्छ। तर, साथसाथै त्यसबाट मुक्त भई खुशी हुने चाहना बारम्बार त्यतै कति खोज्न पर्दछ। खुशियालीको उपस्थिति भनेकै कुनै पनि कुराको रसस्वादन गर्न सक्नुमा छ। आफूसँग भएका कुराले सन्तुष्ट हुनु भनेको यही रहस्य लुकेको छ।

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : १२ आश्विन २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल