![](https://www.asiasanchar.com/wp-content/uploads/2020/09/jitendra-bhandari-journalist.jpg)
पाँचथर, ६ असोज – नेपाल प्रेस युनियन पाँचथरको अध्यक्षको जिम्मेवारी जितेन्द्र भण्डारीले पाएका छन्। २०७५ असोज ५ गते सम्पन्न युनियनको पाँचौ जिल्ला अधिवेशनको सहमतिअनुसार युवा पत्रकार भण्डारीले अध्यक्षको जिम्मेवारी पाएका हुन्।
नेपाल प्रेस युनियन निर्वाचन समितिले भण्डारीलाई पद बहाल गरेको हो। पहिलो चरणमा युनियनको जिल्ला अध्यक्षको जिम्मेवारीमा भीमकुमार बास्कोटा रहेका थिए।
जिम्मेवारी पाएपछि अध्यक्ष भण्डारीले प्रेस युनियनको संगठनलाई मजबुत बनाउन गम्भीर भएर लाग्ने बताएका छन्।
कार्यक्रममा निर्वाचन अधिकृत नन्द नेम्वाङ, चन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ प्रदेश–१ सदस्य विपेन्द्र गौतम, नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना तथा कार्यसमिति सदस्य, प्रदेश तथा केन्द्रीय प्रतिनिधिको उपस्थिति थियो।
रेडियो दिव्यवाणीका प्रबन्ध निर्देशक रहेका भण्डारी इमेज च्यानल र राष्ट्रिय समाचार समितिमा पनि कार्यरत छन्।
नेपाल प्रेस युनियन शाखा निर्वाचन (कार्यविधि) निर्देशिका २०७५ को दफा १६ अनुसार ४ वर्षको कार्यकाललाई २–२ वर्ष विभाजन गरिएको थियो।
प्रतिक्रिया