![](https://www.asiasanchar.com/wp-content/uploads/2020/07/covid-19-corona-virus-and-family-1.jpg)
काठमाडौं, ४ असोज – पछिल्लो २४ घण्टामा देशभर १३ सय २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यस अवधिमा नौ हजार पाँच सय ८४ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएकोमा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार देशभर हालसम्म संक्रमित हुनेको संख्या ६४ हजार एक सय २२ पुगेको छ। भने डिस्चार्ज हुनेको संख्या ४६ हजार दुई सय ३३ रहेको रहेको छ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले संक्रमण निको हुने दर ७२ प्रतिशत रहेको जानकारी दिए। त्यस्तै, पछिल्लो २४ घण्टामा नौ सय ६६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
हाल सक्रिय संक्रमितको संख्या १७ हजार चार सय ७८ रहेको छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा नौ हजार ७१ जना र होम आइशोलेसनमा ८ हजार ७ जना बसेका छन्।
प्रतिक्रिया