Logo

पत्र-पत्रिका

कोरोना संक्रमणमा नयाँ रेकर्ड, अहिलेसम्मकै सबैभन्दा बढी थपिए



काठमाडौं, ३१ भदौ – देशभरि एकैदिन एक हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिनमा थपिएको यो संख्या हालसम्मकै उच्च हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ३९ जना कोरोना संक्रमित थपिएको बताए

यससँगै संक्रमित हुनेको संख्या ५८ हजार ३ सय २७ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोनाबाट निको भएका छन्।

अहिलेसम्ममा निको हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको गौतमले बताएका छन्।

प्रकाशित : ३१ भाद्र २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल