Logo

समाचार

काठमाडौंमा ६ सहित देशभरि १९ जना कोरोना संक्रमितको मृत्यु



फाइल तस्वीर।

काठमाडौं, ३० भदौ – कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु पुष्टि भएको छ। यो सोमबार अपरान्हसम्मको तथ्यांक हो।

काठमाडौंमा ६, भक्तपुरमा २, कपिलवस्तुमा २ र रुपन्देहीमा २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका हुन्।

त्यसैगरी, ललितपुरमा १, रामेछापमा १, गोरखामा १, नवलपरासीमा १, सिरहामा १, पर्सामा १ र मोरङमा १ जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–१५ स्वयम्भुकी ६१ वर्षीया महिलाको आइतबार नर्भिक अस्पतालमा मृत्यु भएको छ। भदौ २६ गते अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको त्यही दिन पुष्टि भएको थियो।

नागार्जुन–५, का ६२ वर्षीय पुरुषको नेपाल प्रहरी अस्पतालमा आइतबार मृत्यु भएको हो। काठमाडौंकै ७० वर्षीय पुरुषको वीरेन्द्र अस्पताल छाउनीमा र हाँडीगाउँका ७३ वर्षीय पुरुषको ग्राण्डी अस्पतालमा सोमबार मृत्यु भएको हो।

असनका ७७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। उनको वीर अस्पतालमा शनिबार मृत्यु भएको थियो।

छाउनीका ८५ वर्षीय पुरुषको नेपाल भारत मैत्री अस्पतालमा मृत्यु भएको छ।

यसैबीच, थप १ हजार १ सय ७० जनाका कोरोना संक्रमण पुष्टि भएको छ। देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा ३९९ महिला र ७७१ पुरुषमा संक्रमण पुष्टि भएको हो।

प्रवक्ता काठमाडौं उपत्यकामा मात्र ५ सय १२ संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ।

३९ हजार ५ सय ७६ जना कोरोना संक्रमणबाट मुक्त भएको गौतमले बताएका छन्। ३ सय ६० जनाको मृत्यु भएको छ।

प्रकाशित : ३० भाद्र २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल