Logo

समाचार

क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि



काठमाडौं, २९ भदौ – नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ। केही दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई अफ्रिकी मुलुक दक्षिण सुडान लैजाने क्रममा लामालाई कोरोना संक्रमण भएको हो।

उनीसँगै जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। क्याप्टेन लामा र कोल्हात्करले निगमको २७४ सिट क्षमतायुक्त ‘ए३३०-२००’ सिरिजको वाइडबडी जहाजबाट शान्ति मिसनका लागि खटिएका नेपाली सेनालाई सुडान लगेका थिए।

सुडानबाट काडमाडौं फर्किएपछि क्याप्टेन लामा र कोल्हात्करसहित सबै क्रु मेम्बरको पिसिआर परीक्षण गरिएको थियो। पिसिआर रिपोर्ट पोजिटिभ आएपछि क्याप्टेन लामा र कोल्हात्कर अहिले काठमाडौं सोल्टीमोडस्थित सोल्टी होटलमा आइसोलेसनमा बसिरहेका छन्।

निगम स्रोतका अनुसार काठमाडौंबाट जाँदा २ सय ५० जना सवार रहेका थिए। भने उताबाट फर्कंदा पनि २ सय ५० हाराहारी नेपाली सेना जहाजमा सवार थिए।

प्रकाशित : २९ भाद्र २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल