Logo

साहित्य

पछिल्लो २४ घण्टामा १ हजार ३९ जना कोरोना संक्रमित थपिए



काठमाडौं, २८ भदौ – पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार एक सय ५९ पुगेको छ।

यो अवधिमा ९ हजार एक सय ६५ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै, आइतबार ११ सय ७३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

अहिलेसम्म संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

हाल सक्रिय संक्रमित भने १५ हजार एक सय १७ जना छन्। त्यसमध्ये ७ हजार ७ सय ३० जना संस्थागत र सात हजार तीन सय ८७ जना होम आइशोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित : २८ भाद्र २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: