Logo

समाज

आफूले काम गरेको पेश्की माग्दा शरीर नै सुम्पिनु परेपछि…



आशिक तिमल्सिना, काठमाडाैं, २६ भदौ – कानुनले कार्यस्थलमा हुने यौन हिंसालाई गम्भीर अपराध मानेको छ। तर, कयौं महिलाहरू अहिले पनि कार्यस्थलमै यौन हिंसाको शिकारमा परिरहेका छन्। घटना हो पोखराको हिमालय अस्पतालको एउटा यस्तो वास्तविक घटना बाहरिएको छ, जसले मानवीय मूल्य र व्यावसायिक धर्मको सामान्य मान्यताको खिल्ली उडाएको छ।

लगातार चार वर्षदेखि यौन हिंसाको शिकार भैरहेकी महिला अस्पताल प्रशासनसँग विलाप गर्न पुगिन् अनिमात्रै घटनाको वास्तविकता उजागर भएको हो। उनीसँगै अरु पीडित पनि अहिले ती लेखा प्रमुखको कर्तुतमाथि कानुनी कारबाहीको माग गर्दै अस्पताल प्रशासन र प्रहरीसमक्ष पुग्न थालेका छन्।

घटना यसरी अघि बढ्छ, पीडित महिलाका श्रीमानको मृत्यु भएपछि उनी सो अस्पतालमा काम गर्न थालेकी हुन्। कमजोर आर्थिक अवस्था भएकी ती महिला नियमित काममा खटिएपछि आवश्यक गर्जो टार्न पेश्कीका लागि लेखा शाखामा पुग्थिन् तर, लेखा प्रमुखको गिद्धे दृष्टि उनीमाथि पथ्र्यो र, उनले विभिन्न वहाना गर्दै पेश्की दिन आलटाल गर्थे अन्ततः लेखा प्रमुखले उनलाई आफ्नो बाहुपाशमा पार्थे र यौन तिर्शना मेटिएपछि पेश्की दिन्थे। ती महिला यसरी नै निरन्तर बलात्कारको शिकार भइरहिन्। तर, पछिल्लो समय लेखा प्रमुखको अत्याचार अझै बढ्न थालेपछि उनी अस्पताल प्रशासनको ढोका ढक्ढक्याउन विवश भएकी हुन्।

लेखा प्रमुखले इच्छा पूरा गर्न दिए अस्पतालबाट पेश्की मिलाइदिने भन्दै डर, धम्की दिँदै कोठामै पुगेर अभद्र व्यवहार गर्न थालेको महिलाको आरोप छ। आर्थिक हिसाबले कमजोर महिलाको लेखा प्रमुखका अघि केही चलेन।

लेखा प्रमुखले अति गरेपछि गत शुक्रबार ती महिलाले अस्पताल प्रशासनमा उजुरी दिइन्। पीडित महिलाले आफूमाथि पटक-पटक यौन शोषण भएको बताइन्। उनले अस्पताल प्रशासनबाट अभियुक्तलाई कारबाही हुने आश्वासन पाएकी छिन्। अस्पतालका लेखा प्रमुखले डर, धम्की, प्रलोभन देखाएर यौन शोषण गरेको र घटना बाहिर ल्याए जागिर नै खाइदिने बताएको महिलाको आरोप छ।

महिलाले उजुरी गरेपछि अस्पताल प्रशासनले लेखा प्रमुखलाई तत्काल निलम्वन गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताएको छ। अस्पतालले मेडिकल डाइरेक्टर डा. इन्द्रमान महर्जनको संयोजकत्वमा ३ सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ। समितिले छानबिन गरी दोषी उपर कारबाही गर्ने र सत्यतथ्य बाहिर ल्याउने अस्पताल प्रशासनले जानकारी दिएको छ।

प्रकाशित : २६ भाद्र २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल