Logo

समाचार

अल्का अस्पतालकी कर्मचारीको हत्याः भतिजासँग प्रेम अफेयर, आर्थिक कारोबारले लियो ज्यान



काठमाडौं, २० भदौ – ललितपुरको भैंसेपाटीमा बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या अरोपमा भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ। हत्यामा संलग्न निर्मललाई केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।

ललितपुर प्रहरीका अनुसार केसीको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित पर्ने सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा हत्या गरेर फालिएको अवस्थामा भेटिएको थियाे।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भतिजा निर्मल र गीता विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ। गीतासँग प्रेम अफेयरमा रहेको कुरा निर्मल स्वयंले स्वीकारेको प्रहरीले जानकारी दिएको छ।

श्रीमानसँग गीताको सम्बन्ध राम्रो नभएको पनि प्रहरी अनुसनधानबाट खुलेको छ। सोहीकारण निर्मलले गीतालाई हरेक कुरामा सहयोग गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मृतक केसीले निर्मललाई पैसासमेत राख्न दिएकी थिइन्। उक्त पैसा फिर्ता मागेपछि निर्मलले हत्या गरेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृतकको श्रीमान घरमा नभएको बेला निर्मल आउने जाने गरेका थिए। मृतक केसी पुल्चोकस्थित अल्का अस्पतालको कर्मचारी रहेको खुलेको छ। उनी उक्त अस्पतालमा ‘हाउस किपिङ’को रुपमा कार्यरत थिइन्।

मृतक केसीलाई भतिजा निर्मलले नै अस्पताल लगिदिने र ल्याइदिने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार मृतक केसीले हत्या भएको दिन श्रीमानलाई ढाँटेर आफू अस्पताल जाने भन्दै घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी अस्पताल नगइ भतिजा निर्मलसँग जंगल गइ केही समय उनीहरु एकान्तमा गएर बसेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : २० भाद्र २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल