Logo

स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं, २० भदौ – नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तीन महिला र ६ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

गौतमका अनुसार काठमाडौंका ४१, ५९ र ६५ वर्षीय पुरुषको मृत्यु भएको हो। त्यस्तै, पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय र रुपन्देहीका ४० वर्षीय पुरुषको निधन भएको हो।

अन्य मृत्यु हुनेमा मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया महिला छन्।

डा. गौतमले शनिबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ८० पुगेको जानकारी दिए।

प्रकाशित : २० भाद्र २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल