Logo

स्वास्थ्य

एकैदिन थपिए १ हजार ४१ जना कोरोना संक्रमित



काठमाडौं, २० भदौ – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितको कुल संख्या ४५ हजार २७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार २४ घण्टामा ३४९ महिला र ६९२ पुरुष गरेर १०४१ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ। मृतकमा ३ महिला र ६ पुरुष रहेका छन्। मृतक महिला मोरङ, मकवानपुर र नवलपरासीका १–१ जना रहेका छन्।

त्यस्तै, काठमाडौंका ३ पुरुषको मृत्यु भएको छ। यस्तै पर्सा, महोत्तरी र रुपन्देहीका १–१ पुरुषको पनि मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८० पुगेको छ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ। संस्थागत आइसोलेशनमा ९ हजार ८६६ जना रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ८ जना रहेका छन्।

यस्तै बितेको २४ घण्टामा १२ हजार ४७३ जनाको पीसीआर भएको छ। मन्त्रालयका अनुसार २४ घण्टामा १५ सय ६६ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २७ हजार १२७ पुगेको छ। यो कुल संक्रमितको ६० प्रतिशत हो।

प्रकाशित : २० भाद्र २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल