Logo

समाचार

रातो मत्स्येन्द्रनाथको रथ तान्ने युवाहरूको भीड नियन्त्रणमा खटिएका प्रहरीलाई कोरोना पुष्टि



काठमाडौं, १९ भदौ – पुल्चोकको झडप नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो।

उक्त भीड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी जानकारी दिएको छ। सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ। तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भीड नियन्त्रणमा खटाएको पाइएको छ।

बिहीबार उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको प्रहरी श्रोतले जानकारी दिएको छ।

निषेधाज्ञा र लकडाउन गरेर मात्रै समाधान हुँदैन ।

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल