Logo

राजनीति

मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन,‘मन्त्रिमण्डल पुनर्गठन हल्लामात्रै हो, कमाण्ड लिएर काम गर्नुस्’



काठमाडौं, १९ भदाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको हल्लाको खण्डन गरेका छन्।

बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको कुरा हल्ला मात्रै भएको बताउँदै आफ्ना मन्त्रालयको कमाण्ड लिएर काम गर्नसमेत मन्त्रीहरूलाई निर्देशन दिए।

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन मिडियामा आएका हल्ला मात्र भएको भन्दै बेलाबखत मिडियाले कसलाई मन्त्री बनाउने र कसलाई फाल्ने गरेको समेत बताएका थिए।

‘आज एउटाको नाम हुन्छ भोलि अर्काको नाम हुन्छ। अहिलेसम्म कुनै छलफल चलेर होइन, अडकलका आधारमा भएका हुन्,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक मन्त्रीले भने, ‘तपाईंहरूले हल्लाका पछि नलागिकन ढुक्कले काम गर्नुस्’

हेर्नुहोस्: प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल