Logo

समाचार

जुम्लाका सीडीओलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं, १८ भदौ – जुम्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार बिहान परीक्षणका लागि स्वाब दिएका उनको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो।

‘जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुमगन गर्दा कोरोना पुष्टि भयो।’ सीडीओ थापाले भने।

प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताइएको छ। संक्रमण पुष्टि भएपछि थापा होम आइसोलेशनमा बसेका छन्।

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल