Logo

राजनीति

नागार्जुन नगरपालिकाका मेयर बस्नेत कोरोना संक्रमित



काठमाडौं, १८ भदौ – काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वाब दिएका उनलाई बिहीबार संक्रमणको पुष्टि भएको नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले जानकारी दिइन्।

यसअघि स्वाब परीक्षण नै नभइ मोबाइलमा नेगेटिभ रिपोर्ट भएको म्यासेज आएपछि काममा लागेका मेयरलाई दुई दिनपछि पुनः पोजिटिभ भएको भन्दै रिपोर्ट आएको थियो। त्यसपछि मेयर बस्नेतसहितको पुनः परीक्षण गरिएको थियो।

नगरपालिकाको वडा नं ६ का अध्यक्ष राजेन्द्र बुढाथोकी पनि संक्रमित भएका छन्। नगरपालिकामा संक्रमितको संख्या एक सय २० पुगेको छ।

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल