Logo

समाचार

कोरोना संक्रमित थप ६ जनाको मृत्यु



काठमाडौं, १८ भदौ – कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महिला चार र पुरुष दुईजना छन्।

यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ५७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा चितवनकी ४० वर्षीया र भक्तपुरकी ४० वर्षीया, तनहुँकी ९२ वर्षीया र रुपन्देहीकी ७७ वर्षीया महिला छन्।

त्यसैगरी सिन्धुपाल्चोकका ७७ वर्षीय र रुपन्देहीका ६५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

कोरोनाबाट मृत्यु हुनेको प्रतिशत ०.६ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल