Logo

राजनीति

प्रधानमन्त्रीलाई नेविसंघको प्रश्न, ‘कोरोना प्रकोपमा मूल्यबृद्धि गरेर देशलाई भोकमरीतर्फ धकेल्ने?’



काठमाडौं, १७ भदौ – नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ।

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेका हुन्।

कोरोनाको विश्व महामारीका कारण भएको पाँच महिनाभन्दा बढी समयको लकडाउनले जनताको दैनिक जनजीवन निकै कष्टकर बन्दै गइरहेको ढुंगानाले उल्लेख गरेका छन्।

‘न्यून आय भएका जनतालाई बिहान बेलुका हातमुख जोर्न समेत समस्या पर्न थालेको छ, यसरी जनताको दैनिक जनजीवन निकै कष्टकर हुँदै गर्दा नेपाल सरकारद्वारा सञ्चालित नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि अत्यन्त खेदजनक छ,’ उनले भनेका छन्।

जनताले विपत्तिको सामना गरिरहेको समयमा सरकारी संस्थानहरूले जनतालाई सहुलियत हुने काम गर्ने भए यो समयमा पनि मुनाफा कमाउन लाग्न नहुने विज्ञप्तिमा उल्लेख छ।

‘यस्तो विषम् परिस्थितिमा मूल्यबृद्धि गर्नु भनेको पीडामा रहेका जनतालाई झन पीडा दिइ भोकमरीतर्फ धकेल्नु हो, सरकार बाहिर रहँदा सर्वहारा जनताको हकहितको मुद्धा उठाउने, तर सरकारको नेतृत्वमा पुगेपछि गरीब, निमुखा जनतालाई बाँच्ने पनि अधिकार छैन भन्ने किसिमले नेकपाको ओली सरकारले जनतामाथि गरेको व्यवहारको नेपाल विद्यार्थी संघ घोर निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

यस्तो परिस्थितिमा सरकारले जनताको जीवनरक्षामा ध्यान केन्द्रित गर्दै सर्वसुलभ खाद्य सामग्री उपलब्ध गराउने र राहतको प्याकेज ल्याउनु पर्नेमा नेवि संघको जोड छ।

तर, सरकारले नागरिकबाट रकम असुल गर्ने कार्य नेपाल विद्यार्थी संघलाई अस्वीकार्य रहेको ढुंगानाले बताएका छन्।

‘तसर्थ, सरकारले हिजो राति १२ बजेबाट लागू हुने गरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन नेपाल विद्यार्थी संघ सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले निरन्तर जनविरोधी निर्णय गरी लकडाउनको समयमा पनि जनतालाई सडकमा आउन बाध्य नबनाओस्।’

राष्ट्रकवि माधवप्रसाद घिमिरेले स्वर्गारोहरणपछि बजाउन लेखेको गीत

https://www.youtube.com/watch?v=6Goz16sGX7o

प्रकाशित : १७ भाद्र २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल