Logo

समाचार

काठमाडौंमा कोरोना प्रकोप झनै भयावह: एकैदिनमा ४ सय ८१ जनालाई संक्रमण पुष्टि



काठमाडौं, १६ भदौ – काठमाडौं उपत्यकामा मंगलबार एकैदिन ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

राजधानी काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

यसैबीच, पछिल्लो २४ घण्टामा १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।

देशभरका प्रयोगशालामा १२ हजार ८८ नमूना परीक्षण गर्दा ३ सय ४४ महिला र ७ सय २५ पुरुषमा संक्रमण पुष्टि भएको हो।

नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ। २ सय ३९ जना संक्रमितको मृत्यु भएको छ।

कोरोना संक्रमितमध्ये २२ हजार १ सय ७८ जना कोरोनामुक्त भएको गौतमले बताए। देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको गौतमले बताए।

काठमाडौं उपत्यकाबाहेक रुपन्देहीमा ९१ जना, सुनसरीमा ५६, चितवनमा ४५, बझाङमा ४०, बाँकेमा ३३, लमजुङमा ३२, डोटीमा २४ र कैलालीमा २० जनालाई कोरोना संक्रमण भएको छ।

त्यसैगरी, सर्लाहीमा १९, नवलपुरमा १५, झापामा १४, गुल्मीमा १३, अछाममा १३, मोरङमा १२, बैतडीमा १२ जना, धनुषामा ११, दोलखामा ११ र धादिङमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अर्घाखाँचीमा ९ जना, काभ्रेमा ८ र गोरखामा ८, कपिलवस्तुमा ७, मकवानपुरमा ६, सिन्धुलीमा ६, रौतहटमा ५, तनहुँमा ५, कास्कीमा ४ र कञ्चनपुरमा ४ जनालाई कोरोना संक्रमण भएको छ।

ओखलढुंगा, खोटाङ, महोत्तरी, नुवाकोट, रामेछाप, जुम्ला, दैलेख र डडेलधुरामा २–२ जनालाई कोरोना संक्रमण भएको छ।

सिन्धुपाल्चोक, रसुवा, पर्वत, उदयपुर, पाँचथर, सप्तरी, पाल्पा, प्युठान, रुकुम पश्चिम, सल्यान र सुर्खेतमा १–१ जनालाई कोरोना संक्रमण देखिएको गौतमले बताएका छन्।

प्रकाशित : १६ भाद्र २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल