Logo

समाचार

धरानका एक पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि



विराटनगर ६ भदौ – सोमबार साँझ मृत्यु भएका धरानका एक पुरुषका कोरोना संक्रमण पुष्टि भएको छ। धरान उपमहानगरपालिका ११ बस्दै आएका ६५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका कारण मृतकको मंगलबार बिहान स्वाब संकलन गरिएको थियो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको बताइएको छ।

मृतक पुरुष बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वकर्मचारी हुन्।

मृतकमा ज्वरो र निमोनियाको समस्या देखिएको थियो।

योसँगै धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।

प्रकाशित : १६ भाद्र २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल