Logo

राजनीति

‘कोरोना प्रकोपलाई सिर्जनशीलताको आन्दोलनले जित्नुपर्छ, अब जुटौं युवाहरू’



काठमाडौं, १६ भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की युवा नेतृ सुनिता बरालले कोरोना प्रकोपको वैश्विक प्रभावलाई सिर्जनशिलताको आन्दोलनले जित्नुपर्ने बताएकी छिन्।

नेकपाको युवा विद्यार्थी विशेष जिल्ला कमिटीकी सचिव बरालले कोरोना भाइरसविरुद्धको भ्याक्सिन नबनेसम्म नयाँ सामाजिक जागरण र रुपान्तरणसहितको एजेण्डामा बहस प्रारम्भ गर्नुपर्ने बताएकी हुन्।

अहिले विश्वको अर्थतन्त्रमा परेको प्रभावलाई गहन अध्ययन गरी छिमेकी देश चीनले यही बेला गरेका आर्थिक प्रगतिबाट आर्थिक रुपान्तरणका आयामहरू पहिल्याउनुपर्ने बरालको तर्क छ।

‘अब नेपाल सरकारले के गर्नुपर्छ? र, कसरी देशलाई समृद्धिको बाटोमा अघि बढाउन सकिन्छ भन्ने विषयमा गम्भीर बहस चलाउनुपर्छ,’ बरालले भनिन्, ‘कोरोना भाइरसको महामारीपछिको सन्दर्भमा हामीले बृहत धारणा निर्माण गर्नुपर्छ।’

युवा नेतृ बरालले नेपाली अर्थतन्त्रमा परेको प्रभावलाई नवीनत् ढंगले न्यूनिकरण गरी आधारभूत तहका नागरिकमा उत्पन्न समस्या समाधान गर्न सरकारलाई रचनात्मक सहयोग गर्नुपर्ने बताइन्।

‘कोरोना प्रकोपको जोखिम न्यूनिकरण भइसकेको छैन, तर आत्तिएर बस्नुपर्छ भन्ने पनि छैन,’ उनले भनिन्, ‘कोरोना प्रकोपलाई सिर्जनशीलताको आन्दोलनले जित्नुपर्छ, अब जुटौं युवाहरू।’

सरकारका तर्फबाट आएका योजना कार्यान्वयनका लागि अहिले पर्याप्त सहयोग र रचनात्मक साथ आवश्यक रहेको धारणा राख्दै नेतृ बरालले कोभिड–१९ को महामारीलाई सबैले एकताबद्ध भएर समाधान गर्नुपर्ने बताएकी छिन्।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले स्वर्गारोहरणपछि बजाउन लेखेको गीत

https://www.youtube.com/watch?v=6Goz16sGX7o

प्रकाशित : १६ भाद्र २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल