Logo

राजनीति

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि



काठमाडौं, १५ भदौ – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

परीक्षणका लागि शनिबार स्वाब संकलन गरिएका शाक्यलाई कोरोना भाइरसको संक्रण पुष्टि भएको हो। मेयरको सचिवालयले शाक्यलाई कोरोना पुष्टि भएको जानकारी दिएको हो।

शाक्यकी श्रीमतीको पनि परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। तर, उनकी श्रीमतीमा कोरोना भाइरसको संक्रमण नदेखिएको सचिवालयले बताएको छ।

शाक्य अहिले घरमै आइसोलेसनमा बसेका छन्। उनलाई कुनै पनि किसिमको स्वास्थ्य समस्या नदेखिएको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल