Logo

भारत

कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन



काठमाडौं, १५ भदौ – कोरोना संक्रमणबाट भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। केही दिनदेखि अस्पताल भर्ना भएर उपचार गराइरहेका उनको सोमबार निधन भएको हो।

उनका छोरा अभिजित मुखर्जीले ट्वीट गर्दै आफ्ना पिता प्रणव मुखर्जीको निधन भएको पुष्टि गरेका छन्।

मुखर्जीलाई मस्तिष्क सर्जरीका लागि सैनिक अस्पताल भर्ना गरिएको थियो। सर्जरीअघि गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो।

उनले अगस्ट १० मा ट्वीट गर्दै आफूलाई कोरोना भएको सार्वजनिक गरेका थिए। मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति रहेका थिए।

८४ वर्षीय मुखर्जीको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्दले दु:ख व्यक्त्त गरेका छन्। 

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल