Logo

समाज

चार वर्षीया बालिकासहित कोरोना संक्रमित सात जनाको मृत्यु



काठमाडौं, १५ भदौ – कोरोना संक्रमणबाट चार वर्षीया बालिकासहित सातजनाको मृत्यु भएको छ। महोत्तरी जिल्लाकी चार वर्षीया बालिकाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै कोरानाबाट मत्ृयु हुनेमा गोरखाकी ६५ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया महिलाको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

त्यसैगरी पुरुषमा झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुर ७७ वर्षीय छन्।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय २८ पुगेको गौतमले जानकारी दिए।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल