Logo

बागमती प्रदेश

काठमाडौं उपत्यकामा एकैदिन ४ सय २९ जनामा कोरोना भाइरसको संक्रमण



काठमाडौं, १४ भदौ – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा एकैदिन ३ सय ७२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। भक्तपुरमा ४५ र ललितपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो तथ्याङ्कअनुसार ३८ हजार ५ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनीहरूमध्ये २ सय २१ जनाको मृत्यु भएको छ।

२० हजार ८ सय २२ जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घण्टामा २ सय ६७ जना डिस्चार्ज भएका छन्।

त्यसैगरी, चितवनमा ९० जनालाई, बारामा ८२, धनुषामा ७५, रुपन्देहीमा ६१, मोरङमा ४९ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ।

बझाङमा ४७, पर्सामा ४६, महोत्तरीमा ३७, सर्लाहीमा ३४, सुनसरीमा ३३, सिरहामा २६, काभ्रेमा २५ र कपिलवस्तुमा २५, नवलपरासीका २१, बाँकेका १४, झापामा ११ र डोटीमा ११ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ।

मकवानपुरमा ९ जना, पाल्पामा ८ र अछाममा ८, सप्तरीमा ६, गुल्मीमा ६, बर्दियामा ६ र कैलालीमा ६ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ।

सिन्धुलीमा ५, कास्कीमा ५, गोरखामा ५, प्युठानमा ५ र दाङका ५ जना, ओखलढुंगामा ४ र तनहुँमा ४ जनामा कोरोना संक्रमण भएको छ।

धादिङमा ३, बाग्लुङमा ३ र अर्घाखाँचीमा ३ जना तथा संखुवासभा, सिन्धुपाल्चोक, नवलपुर र दार्चुलामा २–२ जना र इलाम, पाँचथर, रामेछाप र कञ्चनपुरमा १–१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रकाशित : १४ भाद्र २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल