Logo

समाचार

कोरोना संक्रमणबाट ७० वर्षीय वृद्धाको मृत्यु



काठमाडौं, ११ – भदौ बाँकेको थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका ७ का ७० वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण बिहीबार बिहान मृत्यु भएको हो।

वृद्धाको बिहीबार बिहान साढे १० बजे कोभिड आईसीयू कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका जानकारी दिएको छ।

वृद्धालाई दम बढेपछि यही भदौ ३ गते नेपालगञ्जको नर्सिङ होममा भर्ना गरिएको थियो। पीसीआर परीक्षण गर्दा कोरोना देखिएपछि कोहोलपुर पठाइएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो।

बिहीबार बिहान महिलाको मृत्युसँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ६ पुगेको छ।

प्रकाशित : ११ भाद्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल