Logo

राजनीति

‘स्थायित्व नचाहनेहरू सरकारको आलोचना गर्दैछन्, यस्ता प्रवृत्ति आफै परास्त हुन्छन्’



काठमाडौं, १० भदौ – नेकपा कम्युनिष्ट पार्टी (नेकपा) की युवा नेतृ सुनिता बरालले स्थायित्व नचाहनेहरूले सरकारको आलोचना गरिरहेको टिप्पणी गरेकी छिन्।

नेकपाको युवा विद्यार्थी विशेष जिल्ला कमिटीकी सचिव बरालले स्थायित्व र समृद्धि विरोधी तप्काले सरकारका राम्रा कामलाई पनि गलत ढंगले प्रस्तुत गरिरहेको बताएकी हुन्।

तर, यस्ता प्रवृत्ति आफै परास्त हुने धारणा बरालले राखेकी छिन्। ‘सरकारले जति राम्रो काम गरे पनि एउटा तप्कालाई त्यो रुचिकर लाग्दैन, त्यसैले जसरी हुन्छ, सरकारको आलोचनामै उनीहरू तल्लीन हुन्छन्,’ उनले भनिन्।

नेकपा सरकार स्थायित्व, विकास र समृद्धिको यात्रातर्फ अघि बढिरहेको विश्लेषण गर्दै युवा नेतृ बरालले यो गतिलाई कुनै पनि शक्तिले रोक्न नसक्ने उद्घोष गरिन्।

‘कोरोना प्रकोपले देशको विकास र समृद्धिको दुरगामी लक्ष्यमा केही असर गरेको छ,’ बरालले भनिन्, ‘तर, जुन उद्देश्यले नेकपाको एकता र दुईतिहाइ मतको सरकार बनेको हो, त्यसलाई कुनै पनि ताकतले रोक्न सक्दैन, सरकार आफ्नो लक्ष्यमा जसरी पनि पुग्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्र अभियानले महामारी र अनेक संकट पार गर्दै देशलाई समुन्नत राष्ट्रको रुपमा स्थापित गर्ने विश्वास नेतृ बरालले व्यक्त गरेकी छिन्।

‘जनताका अहिलेका आवश्यकता पूरा गर्ने दायित्वमा सरकार प्रतिबद्ध रहेका हामीले पाएका छौं, र त्यही प्रतिवद्धताअनुरुप काम पनि भइरहेको छ,’ बरालले भनिन्, ‘कोरोना प्रकोपको वैश्विक महामारीविरुद्ध हामी सबै डटेर लड्नुपर्छ, सम्भव छ, नेपाली एकजुट भएमा यो संकट सजिलै पार गर्न सकिन्छ।’

हेर्नुहोस्: प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन

प्रकाशित : १० भाद्र २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल