Logo

राजनीति

नेकपा सचिवालय बैठक शनिबार, कार्यदलको प्रतिवेदनबारे छलफल हुने



काठमाडौं, ९ भदाै – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको बैठकले भदौ १३ गते शनिबार सचिवालय बैठक बोलाउने निर्णय गरेको हो।

ओली प्रचण्डबीच मंगलबार बिहान करिब ३ घण्टा छलफल भएको थियो। छलफलमा महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए।

पार्टीभित्रको विवाद समाधानका लागि बनाइएको कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई बुझाएको प्रतिवेदनबारे छलफल गर्न ओली र प्रचण्ड छलफलमा बसेका हुन्।

महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले शनिबार प्रतिवेदन बुझाएको थियो।

प्रकाशित : ९ भाद्र २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल