Logo

स्वास्थ्य

कोरोनाबाट काठमाडौं र ललितपुरका सहित ११ जनाको मृत्यु, संक्रमितको संख्या ३० हजार नाघ्यो



काठमाडाैं, ५ भदाै – कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ। शुक्रबार एकदिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

प्रवक्ता गौमतले एक महिलासहित ११ जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, प्युठान, मोरङ, पर्सा, बारा, सप्तरी र सर्लाहीका १–१ पुरुषको मृत्यु भएको हो। दोलखाकी १ महिलाको मृत्यु भएको हो।

नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४ सय ४३ पुगेको गौमतले बताएका छन्। काठमाडौं उपत्यकामा थप १ सय ८२ जना कोरोना संक्रमण देखिएको छ।

शुक्रबारसम्ममा देशभर १२ हजार १ सय ३१ जना संक्रमित रहेको बताउँदै गौतमले २ सय ५० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको जानकारी दिए।
१८ हजार २ सय १४ कोरोनोमुक्त भइसकेको उनले बताए।

प्रकाशित : ५ भाद्र २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल