Logo

समाचार

कोरोना प्रकोप झनै भयावह, एकैदिन काठमाडौंसहित विभिन्न जिल्लामा ६ जनाको मृत्यु



फाइल तस्वीर।

काठमाडौं, ४ भदौ – बिहीबार एकैदिन कोरोना भाइरस संक्रमण पुष्टि भएका ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, सप्तरी, पर्सा, रुपन्देही, बारा र चितवनमा १–१ जनाको मृत्यु भएको हो।

यसैगरी, नेपालमा संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। प्रवक्ता डा. जागेश्वर गौमतले पछिल्लो २४ घण्टामा ७ सय ७ जना नयाँ कोरोना संक्रमित थपिएको बताए।

काठमाडौं उपत्यकामा थप २ सय जनामा संक्रमण पुष्टि भएको गौतमले बताए। काठमाडौंमा १ सय ७४ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको छ।

बिहीबार संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या २ सय ६४ रहेको छ। अहिलेसम्ममा १७ हजार ९ सय ६४ जना संक्रमित डिस्चार्ज भएको गौतमले बताएका छन्।

काठमाडौंको भीमसेनस्थानकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ। काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

चितवनको रत्ननगर नगरपालिका–१३ का ६५ वर्षका पुरुषको मृत्यु भएको छ। ६ दिनदेखि आइसियुमा रहेका उनको भरतपुर अस्पतालको आइसियुमै मृत्यु भएको हो।

रुपन्देहीको देवदहमा नगरपालिका–३ शिशपुरका ७० वर्षीय पुरुषको बिहीबार दिउँसो उपचारका क्रममा मृत्यु भएको छ। उनी देवदह मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत थिए।

कोरोना संक्रमण पुष्टि भएका सप्तरीका एक युवकको धरानमा बुधबार राति मृत्यु भएको हो। उनी राजविराज नगरपालिका–४ का २८ वर्षीय युवकको मृत्यु भएको हो।

बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वाका ५९ वर्षीय पुरुषमा मृत्युपछि करोना संक्रमण पुष्टि भएको छ। बुधबार राति ११ बजेतिर श्वास प्रश्वासमा समस्या भएपछि ती पुरुषलाई नारायणी अस्पताल पुर्‍याइएको थियो।

उनलाई अस्पतालमा पुर्‍याएपछि मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ। उनको मृत्युपश्चात स्वाब परीक्षणका लागि नारायणी अस्पताल पठाइएको थियो। बिहीबार उनलाई कोरोना पोजिटिभ भएको रिपोर्ट आएको हो।

पर्सामाको वीरगञ्ज महानगरपालिका–का ७४ वर्षीय पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ। वीरगञ्‍ज हेल्थ अस्थायी कोभिड अस्पतालको भेन्टिलेटरमा उनी उपचाररत थिए। नेपालमा बिहीबार साँझसम्ममा १ सय ३० जनाको मृत्यु भएको छ।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : ४ भाद्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल