Logo

राजनीति

‘बिपी कोइरालाको विचार र सिद्धान्तअनुसार नेपाली कांग्रेसलाई हाक्न सक्ने नेतृत्व आउनुपर्छ’



काठमाडौं, ३१ साउन – नेपाली कांग्रेसका नेता विष्णु धितालले आगामी १४औं महाधिवेशनबाट विपी कोइरालाको विचार र सिद्धान्तअनुसार पार्टीलाई अघि बढाउन सक्ने नेतृत्वको आउनुपर्ने बताएका छन्।

नेता धितालले नेपाली कांग्रेसले देशको नेतृत्व, नगरेसम्म समृद्धि हासिल हुन नसक्ने बताउँदै अब पार्टीको सांगठानिक संरचनालाई नवीन रुपान्तरण गर्न सक्ने नेतृत्व आउनुपर्नेमा जोड दिएका हुन्।

नेपाली कांग्रेसलाई युवा बहुल पार्टीको रुपमा अघि बढाउन आगामी १४औं महाधिवेशन सफल हुने विश्वास धितालले व्यक्त गरेका छन्। ‘पार्टी सञ्चालनमा युवालाई एकाकार गराउनुपर्छ, देशको हितमा पनि यसैमा छ,’ उनले भने।

पार्टीको नेतृत्वमा युवा नै आउनुपर्नेमा जोड दिँदै १४औँ महाधिवेशनले नेपाली कांग्रेसलाई नयाँ वैचारिक धरातल र स्पष्ट कार्यदिशा प्रदान गर्ने बताएका छन्।

धितालले पार्टीभित्र गुटउपगुट हुँदा राष्ट्रको समृद्धि यात्रामै असर पर्ने बताउँदै धितालले पार्टीलाई बलियो बनाउन एकताबद्ध हुनुको विकल्प नरहेको प्रष्ट पारेका छन्।

प्रकाशित : ३१ श्रावण २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: