Logo

विश्व

कोभिड–१९ संक्रमितको उपचारमा खटिएका पोर्चुगलका ४ हजार १९५ स्वास्थ्यकर्मीलाई कोराना संक्रमण



प्रविन धिताल, लिस्बन, २२ साउन – पोर्चुगलमा कोरोना संक्रमितहरूको उपचारमा खटिएका ४ हजार १ सय ९५ जना स्वास्थ्यकर्मीहरु नै संक्रमित भएको तथ्यांक स्वास्थ्य महानिर्देशनालायले सार्वजनिक गरेको छ।

संक्रमित स्वास्थ्यकर्मीहरूमा ५ सय ५३ जना डाक्टर, एक हजार २ सय ८९ जना नर्स, एक हजार २ सय २७ जना अप्रेशन असिस्टेन्ट र १ सय ६६ जना टेक्निकल असिस्टेन्ट रहेका छन्।

अझै पनि ६ सय ३६ जना स्वास्थ्यकर्मीहरू संक्रमित रहेको र उनीहरूको उपचार भइरहेको स्वास्थ्य महानिर्देशनालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

संक्रमित स्वास्थकर्मीहरूमध्ये ३ हजार ५ सय ५९ जना रिकभर भइसकेको स्वास्थ्य महानिर्देशनालयको तथ्याकमा उल्लेख छ।

स्वास्थ्य महानिर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाका २१३ जना नयाँ संक्रमितहरुको पुष्टी भएको छ। ३ जनाले ज्यान गुमाएका छन्। मृतकहरुमध्ये २ जना उत्तरी क्षेत्रमा र एक जना लिस्बनमा रहेका छन्।

पोर्चुगलमा कोरोना संक्रमण शुरु भएयता १ हजार ७ सय ४३ जनाले ज्यान गुमाएका छन्। कुल संक्रमितको संख्या ५२ हजार ६१ पुगेको छ।

कोरोनाकै कारण अस्पतालमा भर्ना भएकाहरूको संख्या ३ सय ६९ रहेको छ। जुन अघिल्लो दिनको तुलनामा १५ ले कम हो। संक्रमितहरूमध्ये ४२ जनाको आइसियुमा उपचार भइरहेको छ।

अहिलेसम्म उपचार पश्चात ३७ हजार ८ सय ४० जना निको भइसकेका छन्। एक हजार ३ सय १७ जनामा कोरोनाको लक्षण देखिएपछि स्वास्थ्य परीक्षण भइसकेको र नतिजाको पर्खाईमा छन्।

पोर्चुगलमा घरबाहिर बन्द सार्वजनिक स्थानहरूमा मास्कको प्रयोग अनिवार्य गरिएको छ। लिस्बन महानगरपालिकाभित्र बढीमा १० जना र पोर्चुगलको प्रमुख भूगोलमा बढीमा २० जना मात्रै भेला हुनसक्ने गरी सरकारले प्रतिबन्ध लगाएको छ।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : २३ श्रावण २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल