Logo

समाचार

‘बेरुत बिष्फोट’पछि कस्तो छ लेबनानमा रहेका ६ हजार नेपालीको अवस्था?



लण्डन, २२ साउन – इजिप्ट तथा लेबनानका लागि नेपाली राजदूत झविन्द्रप्रसाद अर्यालले लेबनानमा रहेका सबै नेपाली सुरक्षित रहेको बताएका छन्।

ग्लोबल नेप्लिज न्युज नेटवर्कसँग कुरा गर्दै राजदूत अर्यालले लेबनानका लागि नेपालका अवैतनिक दूतसँग पनि सम्पर्कमा रहेको पनि बताएका छन्।

‘घटनाबारे थाहा पाउना साथ मैले एनआरएनए लेबनानका अध्यक्ष र अन्य पदाधिकारीहरुसँग पनि कुरा गरेको थिएँ, एकजना नेपाली महिलालाई सामान्य चोटपटक लागेको थाहा भएको छ, त्यस बाहेक कुनै पनि हताहतीको खबर छैन, हामीलाई प्राप्त सूचना अनुसार सबै नेपालीहरु सुरक्षित हुनुहुन्छ,’ अर्यालले भने।

लेबननमा झण्डै ६ हजार नेपाली विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेको अनुमान गरिएको छ।

१३७ जनाभन्दा बढीको मृत्यु, ५ हजार घाइते

लेबनानको राजधानी बेरुतमा मंगलबार भएको शक्तिशाली विस्फोटनमा परी ज्यान गुमाउनेको संख्या १ सय ३७ पुगेको छ। लेबनानको गृह मन्त्रालयका अनुसार ५ हजारभन्दा बढी घाइते भएका छन्।

लेबनानका प्रधानमन्त्री हशन दिआबले बुधबारदेखि ३ दिन राष्ट्रिय शोकको घोषणा गरेका छन्। राष्ट्रपति माइकल इयोनले २ हजार ७ सय ५० टन एमोनियम नाइट्रेट असुरक्षित तरिकाले राखिनु अस्वीकार्य भएको बताउँदै घटनाको अनुसन्धान हुने प्रष्ट पारिसकेका छन्।

कोरोना संकटसँग जुधिरहेका बेरुतका अस्पतालले घाइतेको उपचार गर्न संघर्ष गरिरहेको लेबनानका मिडियाले उल्लेख गरेका छन्। विस्फोटको आवाज २ सय ४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो।

पूर्वप्रधानमन्त्री रफिक हरिरीको सन् २००५ मा भएको हत्याको मुद्धामा फैसला आउनु केही समयअघि ती विस्फोटन भएका हुन्। सन् १९७५ देखि १९९० सम्मको गृहयुद्धयता लेबनान अहिले सबैभन्दा खराब आर्थिक संकटले घेरिएको छ।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : २२ श्रावण २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल