Logo

विश्व

लेबनानमा भएको शक्तिशाली बिस्फोटमा ७८ जनाको मृत्यु, ४ हजारभन्दा धेरै घाइते



लेबनान, २१ साउन – लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली बिस्फोटनमा ७८ जनाभन्दा धेरैको मृत्यु भएको छ। बीबीसीका अनुसार बिस्फोटनमा परी चार हजारभन्दा बढी मानिस घाइते भएका छन्।

लेबनानका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै बीबीसीले बेरुतको तटीय क्षेत्रमा भएको शक्तिशाली विष्फोटनमा ७० जनाभन्दा धेरैको मृत्यु भएको उल्लेख गरेको छ। बिष्फोटनको भिडियोमा धुँवाको मुस्लो र आगो दन्किरहेको देखिएको छ।

गोदाममा विगत ६ वर्षदेखि राखिएको बिस्फोटक पदार्थका कारण ठूलो मानवीय क्षति हुने गरी बिस्फोट भएको हो।

लेबनानका राष्ट्रपति माइकल इयोनले २ हजार ७ सय ५० टन नाइट्रेड असुरक्षित रुपमा स्टोर गरिनु अस्वीकार्य रहेको बताउँदै घटनाको अनुसन्धान सुरु भएको बताएका छन्।

राष्ट्रपति इयोनले तीन दिनका लागि शोक घोषणा गरेका छन्। इयोनले आकश्मिक कोषका लागि ६६ मिलियन अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री हशन दिआबले घटनालाई गम्भीर विनासको संज्ञा दिएका छन्। प्रधानमन्त्रीले घटनाको अनुसन्धानपछि जिम्मेवार सबैलाई कारवाही हुनुपर्ने धारणा राखेका छन्।

पूर्वी भूमध्यसागरनिकट साइप्रसको आइल्याण्डसम्म अर्थात् २ सय ४० किलोमिटर परसम्म बिस्फोटको आवाज सुनिएको थियो।

लेबनानको सर्वोच्च सुरक्षा परिषदले घटनामा दोषी देखिनेमाथि कडा कारवाही गरिने प्रष्ट पारेको छ।

बिस्फोटका घाइतेका कारण अस्पतालहरू भरिभराउ हुँदा सेवा प्रभावित भएको छ। बिष्फोटबाट स्थानीयबासीका धेरै घर र भवन ध्वस्त भएका छन्।

कसरी भयो नवजात शिशुमाथि यत्रो षड्यन्त्र ? को हुन् शिशुकी आमा ?

प्रकाशित : २१ श्रावण २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल