Logo

समाचार

कोरोना संक्रमणबाट कुवेतमा एक महिलासहित ९ जना नेपालीको मृत्यु



हरिकृष्ण न्यौपाने, कुवेत, २१ साउन – कुवेतमा कोरोना संक्रमणका कारण ९ जना नेपालीको मृत्यु भएको छ। यसरी मृत्यु हुनेमा १ महिला र ८ जना पुरूष रहेका छन्।

नेपाली राजदूताबास कुवेतमा द्वितीय सचिव श्रीकृष्ण सिलवालले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कुवेतमा कोरोना संक्रमणका कारण मृत्यु भएका ९ जनाकै परिवारसँग समन्वय गरी उनीहरूको कुवेतमै अन्त्येष्टि गरिएको बताएका हुन्।

नेपाली राजदूताबासका अनुसार कुवेतमा लकडाउन शुरु भएदेखि हालसम्म (मार्च–१ देखि जुलाई–३१) कोरोना संक्रमणका कारण सहित २६ जना नेपालीको मृत्यु भएको छ।

यसैगरी, यसरी कुवेतमा कोरोनाबाहेकको कारण मृत्यु भएका १३ जना (१० पुरुष र ३ महिला) को शव चार्टर्ड र आममाफीको उडानमार्फत् नेपाल पठाइएको छ।

कोरोना संक्रमणको कारण मृत्यु हुने ९ जना र अन्य ४ जना (मृतकको परिवारसँग सहमति लिएर) गरी १३ जनाको कुवेतमै अन्त्येष्टि गरिएको छ।

यसरी कुवेतमै अन्त्येष्टि गरिनेमा ९ जना पुरुष र ४ जना महिला रहेका छन्।

कसरी भयो नवजात शिशुमाथि यत्रो षड्यन्त्र ? को हुन् शिशुकी आमा ?

प्रकाशित : २१ श्रावण २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: