Logo

मनोरञ्जन

प्रमोद खरेलको ‘मेरो छाति धड्कियोस्’मा कसिस र भुपेन्द्रको रोमान्स (भिडियो)



काठमाडौं, १५ साउन – लामो समयदेखि मोडलिङ क्षेत्रमा संघर्षरत मोडल कसिस दाहालको म्युजिक भिडियो सार्वजनिक भएको छ।

आधा दर्जन चलचित्र र तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी कसिसलाई र भुपेशसिंह ठकुरीले अभिनयमा साथ दिएका छन्।

लेखक राज सरगमको शब्द रहेको ‘मेरो छाति धड्कियोस्’ बोलको गीतलाई संगीतकार विपीन आचार्यले कम्पोज एरेन्ज तथा मिक्सिङ गरेका छन्।

गायक प्रमोद खरेलको स्वर रहेको गीतलाई नरेश चैसिरले खिचेका छन्। काठमाडौं र ललिपुरको लोकेशनमा खिचिएिको गीतलाई नारायण ठकुरीले निर्देशन गरेका छन्। भिडियो साइराम पिक्चरबाट सार्वजनिक भएको थियो।

प्रकाशित : १५ श्रावण २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: