Logo

मनोरञ्जन

गायिका इन्दिरा भट्टराईको तीजको कोशेली ‘नाचौं गाऔं रमाऔं’ (भिडियो)



काठमाडौं, १ साउन – गायिका इन्दिरा भट्टराईले ‘नाचौं गाऔं रमाऔं’ बोलको तीज विशेष गीत सार्वजनिक गरेकी छिन्। गायिका भट्टराईको स्वर, संगीत र निर्देशनमा तीजको नयाँ सांगीतिक कोशेली सार्वजनिक भएको हो।

नेपाली सुगम संगीतकी लोकप्रिय गायिका भट्टराईले गतवर्ष पनि तीजकै अवसर पारेर ‘नाचौं मितिनी’ गीत सार्वजनिक गरेकी थिइन्।

कोरोना भाइरसको प्रकोपमा पनि चाडपर्वको उत्साव, दिदीबहिनीहरूबीचको प्रेम र सद्भाव कायम रहोस् भन्ने उद्देश्य र अपेक्षासहित तीजको गीत निर्माण गरेको भट्टराईले बताएकी छिन्।

‘महामारी आउला भन्ने कसैलाई लागेको पनि थिएन, र थाहा पनि थिएन,’ भट्टराईले भनिन्, ‘सुरक्षितरुपमा कोरोनासँग लड्दै चाडपर्वलाई निरन्तरता दिनुपर्छ भन्ने अपील गर्दै नयाँ तीज विशेष गीत ल्याएकी हुँ।’

गायिका भट्टराईले नेपाली मौलिक परम्परालाई कुनै महामारी र प्रकोपले पनि छेक्न–रोक्न नसक्ने टिप्पणी गरिन्। मौलिक संस्कृतिले कठिन घडीहरू पनि सजिलै पार गर्न उत्साह दिने उनको धारणा छ।

‘हाम्रा चाडपर्वको छुट्टै विशेषता छ, संघर्ष गर्न र परिस्थितिलाई आफू अनुकुल बनाउन हामी सक्षम छौं भन्ने प्रमाण हामीले पेश गर्नुपर्छ,’ गायिका भट्टराईले भनिन्, ‘नेपालीहरूले कोरोना प्रकोपमा पनि मौलिक संस्कृतिलाई अघि बढाउन सफल भए भन्ने प्रमाण हामीले पेश गर्नुछ।’

‘नाचौं गाऔं रमाऔं’ गीतका रचनाकार विनोद बञ्जारा हुन्। महिला नवजागरण अभियान नेपालको सहयोगमा गीतको म्युजिक भिडियो तयार पारिएको हो।

सुमनकुमार श्रेष्ठको निर्देशन, राजु केसी र सूर्य महर्जनको छायांकन रहेको म्यूजिक भिडियोमा कलाकारहरू नीतु कोइराला, जेनिशा रम्तेललगायतको अभियन रहेको छ।

तेजश्वी कला केन्द्र एन्ड मिडियाको विशेष सहयोगमा निर्माण गरिएको म्यूजिक भिडियोको एरेन्ज साहस शाक्यले, मिक्सिङ प्रकाश मिश्र र सम्पादन विष्णु शर्माले गरेका छन्। रेकर्डिङ साजिल विकिमिडिया दुबईमा गरिएको हो।

प्रकाशित : १ श्रावण २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल