Logo

समाचार

संघर्षपूर्ण यात्रामा पनि उत्साहका साथ सामाजिक अभियानमा सक्रिय इशा गुरुङ



भोला लामिछाने, लण्डन, २९ असार – बेलायतमा संघर्षलाई उत्साहमा बदलेर नेपाल र नेपालीको सुखदुःखमा साथ दिने सामाजिक अभियन्ताको संख्या निकै थोरै छन्। आफ्नो काममा समर्पित हुँदै नेपालीलाई सहयोग गर्ने उदाहरणीय अभियन्ता हुन् इशा गुरुङ।

के‌ हिमाल, के पहाड, के तराई, गुरुङको समाजसेवाको प्रशंसा वर्णन जति गरे पनि कमै हुन्छ। प्राकृतिक प्रकोपमा पिल्सिएका नेपालीको पीडामा मल्हम् लगाउन उनी निरन्तर खट्दै आएकी छिन्।

मुलुकमा भूकम्प, आगलागी, बाढी–पहिरो, आकस्मिक दुघर्टनाका घटना किन नहुन आफ्नो क्षमताले भ्याएसम्म सकेको सहयोग गर्दै आइरहेकी छन् इशाले।

यति मात्रै होइन, हरेक समयमा अभियान सञ्चालन गरेर थुप्रै बिरामी अशक्तहरूको नयाँ जीवन पनि दिलाएकी छिन् उनले।

धुर्मुस सुन्तली फाउण्डेसन, सञ्‍चारकर्मी रवि लामिछानेले सञ्‍चालन गरेको सामाजिक अभियान किन नहुन् इशाका सहयोगी हातहरु पुगेकै छन्।

यति मात्र होइन, देशको सीमा मिच्दा आफ्नो देशका खातिर आवाज उठाएकै हुन्छिन् इशाले। नेपाल र नेपालका लागि ६ करोड रुपैयाँभन्दा धेरै रुपैयाँ सहयोग जुटाएकी छिन् उनले।

आइतबार मनिपाल अस्पतालमा उपचाररतहरूलाई अस्पतलामै गएर रकम हस्तान्तरण गरिन्। ‘देशमा समस्यामा परेका नागरिक जब जोखिममा परेर हताहत हुन्छन्, त्यो अवस्थामा टुलुटुलु हेरेर बस्न सक्दिँन, सहयोग गरौं भन्ने नै लाग्छ,’ उनले भनिन्।

गुरुङले पर्वत, बझाङ र सिन्धुपाल्चोकका बाढी पहिरोपीडितलाई आर्थिक सहयोग पुर्‍याएकी छिन्। सामाजिक अभियान सञ्चालन गर्दा सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने र चरित्र हत्या गर्नेहरूले हैरान पारेको उनी बताउँछिन्।

‘काम गर्दा निष्कर्षमा पुग्ने बेलामा हतोत्साहित गर्नेहरूका कारण अन्तिम समयमा बन्द गर्नुपरेको छ,’ गुरुङले भनिन्, ‘असल काम गर्दा सबैको साथ होस् भन्ने नै मेरो आग्रह हो,’ इशाले भनिन्।

रमेश खरेलको खुलासाः को–को लुके कल्भर्टभित्र? चट्याङ पर्दा भाग्ने को थिए?

प्रकाशित : २९ असार २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल