Logo

समाचार

आध्यात्मिक योग समूह बेलायतद्वारा नेपाली संघसंस्थालाई ३ लाख ५० हजार सहयोग



जीएनएन, लन्डन, २६ असार – बेलायतस्थित व्यवसायीहरु आवद्ध स्वयंसेवी संस्था, आध्यात्मिक योग समूहले नेपालका विभिन्न संस्था तथा कलाकार समूहहरुलाई सहयोग प्रदान गर्ने घोषणा गरेको छ।

बिहीबार आयोजित एक भर्च्युअल बैठकमा समूहका संयोजक कुल आचार्यले नेपाली साढे तीन लाख रुपैयाँ बराबर रकम सामाजिक कामका लागि संकलन गरेको बताएका हुन्।

जसमध्ये डा. चिन्तामणि योगीमार्फत् एक लाख दाङस्थित शान्ति बाल गृह र सप्तरीस्थित बाबा वनखण्डी गुरुकूललाई एक लाख, देवघाटधामस्थित बालबालिकाको पठनपाठनका लागि एक लाख, दोहोरी कलाकारहरूका लागि र ५० हजार मुन्द्रे कमेडी क्लबमार्फत सामाजिक कामको लागि प्रदान गर्ने निर्णय गरेको उनले बताए।

काठमाडौंस्थित शान्ति सेवा आश्रम तथा हिन्दू विद्यापीठका संस्थापक प्राचार्य डा. चिन्तामणि योगीले संसारमा जहाँ बसे पनि आफ्नी माता र जन्मभूमिलाई नबिर्सिन आग्रह गरे।

‘जुनसुकै भाषा, सम्प्रदाय, समुदाय र जातिका भए पनि हामी नेपाली हौं, नेपाल दुख्दा म पनि दुखी बन्नु पर्छ र नेपाल हाँस्दा म पनि हाँस्न सक्नुपर्छ, सर्वकल्याण खोज्न नसक्दासम्म आत्मकल्याण सम्भव हुँदैन, त्यसैले साक्षी भाव राखेर आफूले आफैलाई हेर्नु पर्छ, आफैसँग रम्नु पर्छ,’ उनले भने।

सो अवसरमा बोल्दै समूहका सक्रिय सदस्यहरु विश्वआदर्श पण्डित, डा. कपिल रिजाल, कृष्ण तिम्सिना, पशुपति भण्डारी, कमल भण्डारी, सेवानिवृत्त क्याप्टेन हितमान गुरुङ, विराज भट्ट, कृष्ण भट्ट लगायतका वक्ताले बोलेका थिए।

बेलायतमा लकडाउन शुरु भएपछि आफूहरूले नियमित रुपमा योग, ध्यान आदि अभ्यास शुरु गरेको र त्यो निकै लाभदायी भएको उनीहरूले बताएका छन्।

क्यानडाको लोभलाग्दो जीवनशैली र जागिर छोडेर किन आए नेपाल?

प्रकाशित : २६ असार २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल