Logo

समाचार

हाय मानवता !



हुँदैन, यहाँ हुँदै–हुँदैन
यो छैन, त्यो छैन केही पनि छैन
व्यवस्थापन ज्यादै कमजोर देखियो
उनीहरुले रवाफ देखाउदै भने
यो त सार्वजनिक विद्यालय न पर्यो
भने जस्तो सोचे जस्तो सुविधा कहाँबाट हुनु
लाग्दो हो विद्यालय अन्तरयामी हुनुपर्ने
जस्ले जे सोच्यो छु मन्तरमा
सबथोक जिउँकातिउँ हुनु पर्ने
तै पनि विद्यालय रोजियो
बोली बोलीमै लेखापढी सकियो
लालमोहर लगाएर एक हुल बाहिरियो
व्यवस्थापनको व्यवस्थापन नै नगरी
हामी चाहिँ यो गर्ने त्यो गर्ने भन्दै
चौरमा भाषण ठोक्दै थियौँ ।।

अचानक आयो! आयो!! को आवाज सुनियो
भीड आतंकित हुँदै छरपष्ट भयो
कोही रुमालले कोहि हातले
आफ्नो अनुहार छोप्दै थिए
कोही किन ल्याएको यिनीहरूलाई
विरोधको स्वर उराल्दै थिए।।

मानवीयताको हाम्रो दरिद्र मानसिकता
मर्दै गएका हाम्रा भावनात्मक सम्बन्धहरू
अरुलाई पर्दा खुच्चिङ भन्ने हाम्रो संस्कार
आफूलाई पर्दा छाति पिटेर रुने चलन
दायित्व के? जिम्मेवारीबाट चिप्लिएका हामी
स्वार्थपरक एक्लै बाँच्न चाहने प्रवृति
पाषाण हृदय र जड मस्तिष्क
परोपकारका लागि काम्ने हाम्रा हातहरु
चुडिएर छताछुल्ल भएका आत्मिक साथहरू
सहयोग गर्नु पर्दा लुलिएका खुट्टाहरु
नारामा सीमित, नेपाली–नेपाली एक हौं
कुँजिएको शरीर, घोप्टिएको शिर
तरैपनि वीर गोर्खालीको पगरी
वाह! हामी र हामी बाँचेको परिवेश।

घटना विदेशबाट आएका हाम्रै दाजुभाइ
क्वारेन्टिनमा बस्न आएका तिन्लाई
स्वागत छ भन्न नसक्ने हाम्रो मुख
डरले थरथरी काम्दै भाग्दैछौं
फेरि पनि मानवताका लागि भन्दै
सुनको कचौरामा भीख माग्द‌ैछौं
कोरोना कहरको तितो अनुभूति
आफ्नै आँखा अघि देख्न पाउँदा
विश्वास नै भएन हामी मानव हौँ भन्न।

प्रकाशित : १२ असार २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: