Logo

शिक्षा

दुर्गा माविमा आइसीटी जडान, विद्यार्थीको क्षमता अभिबृद्धिमा सहयोग पुग्ने विश्वास



झापा, १६ असार – झापाको बिर्तामोड नगरपालिकाअन्तर्गत दुर्गा माध्यमिक विद्यालयमा आइसीटी जडान गरिएको छ। विद्यालयको प्रधानाध्यापक कृष्णप्रसाद पाठकका अनुसार मंगलबार आइसीटी जडान गरिएको हो।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दुर्गा माविमा ६५ इन्चको एउटा अन्तरक्रियात्मक (इन्टर्आक्टिभ) बोर्ड र दुईवटा ६५ इन्चका स्मार्ट टेलिभिजनको जडान गरिएको पाठकले जानकारी दिए।

प्रधानाध्यापक पाठकले बिर्तामोड नगरपालिकाको समेत सहयोगमा आइसीटी जडान गरिएको उल्लेख गर्दै पाठकले यसले विद्यार्थीहरूलाई अध्ययन तथा क्षमता अभिबृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

भारतले काँगडा र दार्जीलिङसम्मको नेपाली भूभाग फिर्ता गर्नुपर्छ: दीनानाथ शर्मा

प्रकाशित : १६ असार २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: