![](https://www.asiasanchar.com/wp-content/uploads/2020/06/nepali-return-kathmandu-from-united-states-of-america.jpg)
सतिश चापागाईं, बाल्टिमोर, (अमेरिका), असार १० – अमेरिका घुम्न आएका नेपाली नागरिक कोरोनाका कारण उत्पन्न परिस्थितिले यतै लकडाउनमा परेकाहरु नेपाल पुगेका छन्।
नेपाल पुगेपछि सोही समूहका एक व्यक्ति तथा नेपाल अभिभावक महासंघका केन्द्रीय अध्यक्ष सुप्रभात भण्डारीले आफूहरू सकुशल नेपालमा अवतरण गरेको जानकारी गराएका छन्। पहिलो चरणमा २ सय ८१ जना नेपाल फर्केका छन्।
उनीहरू लामो समयदेखि अमेरिकामा थिए। भिसा सकिएको, औषधि सकिएको पैसा सकिएको कारण आफूहरू अप्ठ्यारोमा परेको, अलपत्र परेको, बिचल्लीमा परेको उल्लेख गर्दै उनीहरूले नेपाल जान पाउँ भनि अभियान नै चलाएका थिए।
वाशिंगटन डिसीमा रहेको नेपाली दूतावास र गैरआवासीय नेपाली संघ एनआरएनए एनसिसी अमेरिकाको पहलमा उनीहरूलाई नेपाल जाने वातावरण सहज बनेको नेपालका लागि उड्नुअघि उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उनीहरुले यहाँका नेपाली मिडियाहरूलाई पनि धन्यवाद दिएका छन्।
कोभिड–१९ भाइरसका कारण विश्वभर उत्पन्न जटिल परिस्थितिले गर्दा अमेरिका तथा नेपालमा भएको बन्दाबन्दी र विमान सेवा अवरुद्ध हुँदा अमेरिकामा विभिन्न प्रयोजनले आएका नेपाली विचल्लीमा परे।
एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहले अमेरिकाबाट नेपाल जान नपाएका तथा अमेरिकाबाट अत्यावश्यक कारणले गर्दा नेपाल जानैपर्ने अवस्था भएपछि जान नपाएका र जानका लागि प्रतिक्षारत एउटा समूह जुन २३ न्यूयोर्कबाट प्रस्थान गरेर नेपाल पुगेको बताए।
अध्यक्ष साहले अर्को समूह जुन २५ मा टेक्सासको डलासबाट नेपाल फर्किदै गरेको पनि जानकारी दिए। साहले यो काममा सहयोग गर्ने सबैप्रति धन्यवाद समेत व्यक्त गरेका छन्।
‘यो अभियानमा सहयोग गर्ने नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाली दूतावास अमेरिका, गैरआवासीय नेपाली संघको आइसिसी समिति, सञ्चारकर्मी मित्रहरू, नेपाल जान प्रतिक्षारत व्यक्तित्वहरू एवं एनआरएनए अमेरिका कार्यसमितिका साथीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु,’ उनले भने।
साथै साहले यो बीचमा नेपाल फर्किन नमिलेका तर अप्ठ्यारोमा परेका नेपालीहरूलाई अमेरिकामा अझैपनि सहयोग गर्ने प्रतिवद्धता दोहोर्याएका छन्। ‘नफर्किनु भएका तपाईहरू कसैलाई पनि आगामी दिनमा हामीले गर्न सके केही सहयोग रहे सम्पर्क गर्न पनि अनुरोध गर्न चाहन्छु,’ उनले भने।
बालुवाटार प्रदर्शनकी नायक मिडियामा, पानीको फोहोरा झेल्दै अघि बढ्दा…
प्रतिक्रिया