Logo

मनोरञ्जन

लकडाउनमा सम्भावना खोज्दै कलाकार, यसरी बन्यो ‘यू आर गो’न बी ओके’



काठमाडौं, २७ जेठ – एउटा कलाकारसँग कुनै पनि वस्तुलाई सम्भावनाका दृष्टिले हेर्न सक्ने क्षमता हुन्छ। त्यसैले अहिलेको विषम परिस्थितिमा पनि कलाकारहरू सिर्जनशील काममा लागिरहेका हुन्छन्।

यसै शिलशिलामा ‘यू आर गो’न बी ओके’ शीर्षककाे गीतकाे डान्स भिडियाे सार्वजनिक भएको छ। कलाकार जेडी तमुले निर्देशन गरेको उक्त डान्स भिडियाे लकडाउनकै अवधिमा निर्माण गरिएको हो।

झण्डै दुई साताको मेहनत पश्चात निर्माण गरिएको भिडियोमा युवालाई सम्भावनाहरू खोज्न अभिप्रेरित गरिएको छ।

‘अहिले विश्वका अधिकांश देशमा लकडाउन छ, कोही बाहिर निस्किन सक्ने अवस्था छैन, घरमै बसेर पनि सिर्जनशीलताका पक्षहरू उजागर गर्न सकिन्छ कि भनेर कोसिस गर्‍यौं, एउटा डान्स भिडियाे बनायौं, प्रयास सफल भयो,’ निर्देशक तमुले भने।

भारतको प्रसिद्ध टेरेन्स लुइस कन्टेम्पररी डान्स कम्पनीले सञ्चालन गरेकाे हिल दी वर्ल्ड मुभमेटबाट प्रेरित भएका तमुले यो म्युजिक भिडियो निर्माण गर्न निकै मेहनत गरेका छन्।

कस्तो भिडियो बनाउने भनेर तमुले आफ्नो टिममा छलफल गरे। अनि अवधारणा बनाएर शब्द लेखनको काम थाले। त्यसपछि त्यही अवधारणा अनुसार गीत निर्माण सुरू गरे।

‘एउटै सट लिन ४–५ दिनसम्म दोहोर्‍याएर सुटिङ गर्नुपर्‍यो, सबै कलाकारले आफै भिडियो खिच्नुभयो, अलग–अलग स्थान र फरक–फरक सन्देशसहित भिडियो निर्माण सम्पन्न भयो,’ तमुले भने।

निर्देशक तथा कलाकार तमुसहितको कलाकार टोली यो म्यूजिक भिडियो बनाउन त्यति सजिलो थिएन।

म्यूजिक भिडियोमा कलाकार अलिजे बिआनिक, जेडी तमु, जेनिशा महर्जन, कविता नेपाली, केशव थापा, मुकेश ढकाल, निशिला शाक्य, सरोज मोक्तान, सक्षम तामाङ, शेखर घर्तीमगर र श्रृष्टि महर्जनले अभिनय गरेका छन्।

दी नैसन्स फ्यालान्क्स्‌काे प्रस्तुति रहेका डान्स भिडियोकाे एडिट र स्क्रिन–प्ले जेडी तमुले गरेका हुन्। डाइलग लेखन निशिला शाक्य र भोइसओभर अलिजे बिआनिकले गरेकी हुन्।

भिडियाे निर्माणमा पनि सबै कलाकारकाे उत्तै महत्त्वपूर्ण भूमिका र सहभागिता रहेकाे छ। अवधारणा निर्माणमा निशिला शाक्यसहितका कलाकारले सहयाेग गरेका छन्।

हेनुहोस् भिडियोः

लकडाउनको मानसिक अवस्थाको चित्रण

म्यूजिक भिडियोमा लकडाउनका कारण उत्पन्न अवस्थामा चित्रण गरिएको छ। शारीरिक र मानसिक अवस्थालाई प्रस्तुत गरिएको छ।

‘मान्छे डिप्रेसनमा छन्, चिन्तामा छन्, तर, यो अवस्था छिटै जान्छ, अनि सबै जनजीवन सामान्य हुन्छ भन्ने आह्वान र उद्घोष गीत र म्यूजिक भिडियोमा गरिएको छ,’ तमुले भने।

अलग–अलग विधाका डान्सरहरूलाई भिडियोमा देख्न सकिन्छ। ‘महामारी समय चलिरहेको छ, यो अवस्था धेरै समय रहँदैन,’ तमुले भने, ‘लकडाउनको समयलाई सदुयपोग गरेर सिर्जनशील कार्यमा रूपान्तरण गरौं, सकेसम्म राम्रो काम गरौं।’

याे पनि हेर्नुहाेस्: यी हुन् बालुवाटार प्रदर्शनकी नायक

प्रकाशित : २७ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल