Logo

शिक्षा

‘सरकारले अग्रगामी कार्यक्रम ल्याए निजी विद्यालय सञ्चालक साथ दिन तयार छन्’



काठमाडौं, २५ जेठ – शिक्षासेवी शशिकुमार केसीले शैक्षिक रुपान्तरणका लागि अब सरकारले अग्रगामी कार्यक्रम ल्याउनुपर्ने बताएका छन्।

साइप्रस पब्लिक स्कूलका प्रिन्सिपल केसीले अबको शैक्षिक प्रणाली कस्तो हुनुपर्ने भन्ने विषयमा पनि महत्त्वपूर्ण विचार राखेका छन्।

‘कोभिड १९ चुनौतीसँगै केही अवसरहरुपनि ल्याएको हुनाले नेपाल सरकारले यस अवसरलाई उपयोग गर्दै विश्व शिक्षा प्रणाली तथा नेपालमै पनि आँशिकरुपमा प्रयोग भएको अनलाईन शिक्षालाई सम्भाव्यता अध्ययन पश्चात प्रयोग गरि शिक्षा प्रणालीमा केही थप अग्रगामी छलाङ्ग मार्न सकिन्छ,’ उनले भने।

केसीका अनुसार नेपालमै रहेर विश्वका विभिन्न विश्वविद्यालयका डिग्री हासिल गर्ने प्रचलन हावी हुँदै गएको अवस्थामा नेपालले पनि यस विधीलाई व्यवस्थित तरिकाले लागु गर्न सके नेपाल पनि सिकाइ, अनुसन्धान तथा खोजमुक शिक्षाको लागि शैक्षिक गन्तव्य तथा केन्द्र बन्न सक्ने प्रचुर सम्भावना रहेको छ।

कोभिड १९ का कारण शिक्षा क्षेत्र आक्रान्त भएका बेला सरकारले राहतको विशेष प्याकेज घोषणा गर्नुपर्ने केसीको धारणा छ।

विद्यालयले आफ्ना विद्यार्थी तथा अभिभावकहरूलाई सम्पर्क गरी हालको अवस्थालाई मध्यनजर गर्दै सम्भाव्य सवै विद्यार्थीहरुलाई भर्चुअल कक्षाका माध्यमबाट पठनपाठन गरिएको प्रिन्सिपल केसीले बताए।

‘वैशाख १५ गतेअघि नै हामी विद्यार्थीसँग नियमित सम्पर्कमा छौं, परीक्षाफल पनि प्रकाशित गरिसकेका छौं,’ केसीले भने, ‘वैशाख १५ पछि तीन चरणमा भर्चुअल कक्षा सञ्चालन गर्‍यौं।’

एसइई दिने विद्यार्थीलाई पनि आवश्यक शैक्षिक परामर्श विद्यालयले उपलब्ध गराइरहेको केसीले बताए। साथै शिक्षक कर्मचारी सँग पनि महामारीका बेला नियमित सम्पर्कमा रही तत्कालिन तथा भावी कार्ययोजना तयार गर्दैरहको प्रिन्सिपल केसीले बताएका छन्।

अन्त्यमा सबै अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारीहरु लगायत सम्पूर्ण महानुभावहरुलार्ई संयमित तथा सुरक्षित रहन अनुरोध गरेका छन्।

हेनुहोस्: शिक्षासेवी शशिकुमार केसीको धारणाः

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: