Logo

राजनीति

के हो अनेरास्ववियू संयोजक महरमाथि लागेको ‘घुस’को आरोपको वास्तविकता?



काठमाडौं, १३ जेठ – अनेरास्ववियूका संयोजक ऐन महरले आफ्ना विषयमा आएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। साथै आरोप प्रमाणित गर्न महरले चुनौती पनि दिएका छन्।

‘केही अनलाइन सञ्चारमाध्यममा मेरा बारेमा भ्रमपूर्ण समाचार प्रकाशित भएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हुन त यस्ता खालका हर्कत र दुष्प्रयास मेरो राजनीतिक जीवनमा थुप्रै पटक नभएको होइन,’ उनले भनेका छन्, ‘लामो संघर्षको भट्टीबाट खारिएर आएको र पटक–पटकको इमानदारिताको अग्निपरीक्षामा सफल भएर आएको हुनाले यस्ता अनर्गल भ्रमपूर्ण प्रचारहरूले म कत्ति पनि विचलित भएको र हुने छैन र थप उर्जा र उत्साह सहित यो आन्दोलनमा निरन्तर संघर्ष गर्दै देश र जनताको पक्षमा दृढतापुर्वक लागि नै रहन्छु।’

देश र जनताको पक्षमा दृढतापूर्वक उभिन खोज्दा, देश र जनताका शत्रुको चिरफार गर्दा राजनीतिक रुपमा त्यसको प्रतिवाद गर्ने हैसियत नराखेर त्यसको बदलामा व्यक्ति गत चरित्र हत्या गर्ने दुस्साहस हुने महरको तर्क छ।

बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लव निकट केही सञ्चारमाध्यमहरूको प्रयोग गरी बिना तथ्य र प्रमाण व्यक्तिगत चरित्र हत्या गर्ने दुष्प्रयास गरेको उनले उल्लेख गरेका छन्। ‘यस्ता खालका भ्रमपूर्ण समाचारबाट टाढै रहन म सबैमा अपील गर्दछु,’ उनले भनेका छन्।

हत्याहिंसा, चन्दा आतंक ,भ्रष्टाचार, कमिसन जस्ता सामाजिक अपराधहरूका विरुद्ध सधैँभरि संघर्ष गरेको र निरन्तर संघर्ष गरिरहने प्रतिवद्धता महरले व्यक्त गरेका छन्। ‘र, म यदि यस्ता क्रियाकलापहरूमा मेरो कुनै प्रकारको संग्लनता तथ्य र प्रमाणका आधारमा कसैले पुष्टि गर्छ भने म राजनीतिबाट सदाका लागि अलग हुनेछु र जस्तोसुकै कानूनी कारबाहीका लागि तयार रहने छु,’ उनको प्रष्टोक्ति छ।

तथ्य र प्रमाणका आधारमा मात्र समाचार प्रकाशन गर्न र सञ्चारमाध्यमको विश्वसनियतालाई अक्षुण राख्न उनले अनुरोध गरेका छन्।

देशमा व्याप्त बेरोजगारीको समस्याले गर्दा धेरै युवाहरु विदेसिनु परेको बताउँदै महरले ती विदेसिएका सम्पूर्ण युवाहरूप्रति गहिरो सहानुभूति प्रकट गरेका छन्।

‘युवा जोश जाँगर र श्रम यही देशमा प्रयोग गर्न चाहनु युवाहरूको देशभक्ति हो, यसलाई म उच्च सम्मान गर्छु, यीमध्ये केही विदेशमा भएका युवाहरू चरम निराश छन्, र आज आफ्नो त्यो अवस्थाको कारक नेपालको राजनीतिक अवस्था र यहाँको नेतृत्व हो भन्ने बुझाइराखेका छन्, त्यसैले सामाजिक सञ्जालमा कहिलेकाही असन्तुष्टि पोख्ने गालीगलौज गर्ने गर्छन्, यस्तो कुरालाई हामीले अन्यथा लिनु हुँदैन, र अब चाँडै देशको अवस्थामा परिवर्तन गरी त्यस्ता युवाहरूलाई देशमै काम गर्ने वातावरण निर्माण गर्नुपर्छ,’ महरको अठोट छ।

अनेरास्ववियूको एकता प्रक्रियालाई पूर्णता दिने क्रममा तत्कालीन अनेरास्ववियूको निर्वाचन आयोग सदस्य देविचन्द्र मण्डेल बलात्कारको अभियोगमा मुद्धा खेपिरहेकाले एकताको केन्द्रीय कमिटीमा नसमेटिएको महरले बताएका छन्। त्यसका लागि आफूलाई धेरै दवाव दिएको उनको भनाइ छ।

‘तर, अखिलको मान्यता विपरीत बलात्कार जस्तो जघन्य अपराधको अभियोग लागेको मान्छे संगठन को केन्द्रीय कमिटीमा समिटिने कुनै सम्भावना भएन, त्यसपछि निरन्तर रुपमा देविचन्द्र मण्डेल र उनको सहोदर भाइ जनक मण्डेल (हाल जापान) मेरा विरुद्धमा अनेक हर्कत गरिरहेका छन्, यो कुरा स्पष्ट पार्न चाहन्छु र कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु,’ उनले भनेका छन्।

देविचन्द्र मण्डेल र जनकराज मण्डेलका विरुद्धमा कानूनी उपचार खोज्ने र यस्ता भ्रमपूर्ण समाचार प्रकाशन गर्ने अनलाइनको पनि कानूनी उपचार खोज्ने स‌ंयोजक महरले प्रष्ट पारेका छन्।

याे पनि हेनुहोस्ः पूर्व डिआइजी रमेश खरेलको सनसरीपूर्ण खुलासा

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल