Logo

राजनीति

‘सरकारको नीति तथा कार्यक्रम अदुरदर्शी, कोरोना महामारी व्यवस्थापनमा अपर्याप्त’



काठमाडौं, ७ जेठ – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले सरकारले घोषणा गरेको नीति तथा कार्यक्रम कोरोना महामारीको संकट टार्न अपर्याप्त रहेको बताएका छन्।

अध्यक्ष लिङदेनले विश्वव्यापी महामारी र त्यसबाट सिर्जित विश्व दृष्टिकोणलाई अध्ययन र आँकलन गर्न वर्तमान सरकार पूर्ण रूपले असफल भएको बताएका हुन्।

‘सरकारको नीति तथा कार्यक्रम अदुरदर्शी छ र कोरोना महामारी व्यवस्थापनमा अपर्याप्त पनि छ,’ लिङदेनले भने, ‘त्यसैले नीति तथा कार्यक्रमको परिमार्जित रूपमा बजेट आउनुपर्छ।’

महामारीका बेला विपन्न वर्गका नागरिकलाई सम्बोधन गर्ने, कोरोना संक्रमणमा उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीहरूका विषयमै प्रष्ट राहत प्याकेज नल्याउनुले सरकारको अदुरदर्शी कार्यशैली प्रष्ट भएको लिङदेनले बताए।

स्वास्थ्य क्षेत्रका तमाम समस्या समाधान गर्ने भनिए पनि सामग्री खरिद प्रकरणले यसको प्रक्रिया कस्तो होला भन्ने संकेत गरेको अध्यक्ष लिङदेनको भनाइ छ।

‘स्वास्थ्य सामग्री खरिद प्रकरणमा देखिएको अनियमितता र भ्रष्टाचारको फेहरिस्तले पनि अबका सरकारका गतिविधिमाथि जनताको नजर गम्भीर ढंगले रहनुपर्छ भन्ने प्रष्ट भएको छ,’ उनले भने।

साथै प्रधानमन्त्री केपी ओलीलाई विवेकपूर्ण निर्णयबाट बजेट निर्धारण गर्न र आयव्ययको गम्भीर ढंगले अध्ययन गरी बजेट सार्वजनिक गर्न अध्यक्ष लिङदेनले सुझाव दिएका छन्। र, यसकाे विकल्प पनि नभएकाे लिङदेनकाे धारणा छ।

हेनुहोस्ः पूर्व डिआइजी रमेश खरेलको सनसरीपूर्ण खुलासा

प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल