Logo

आर्थिक

साना किसान सहकारीको तरकारी बिक्री अभियान कपन पुग्यो, थप ५ बिक्री केन्द्र खुल्ने



जहाँका किसान आर्थिक रूपमा सम्पन्न हुन्छन्। आर्थिक रुपान्तरणमा किसान र कृषि प्रणालीको महत्त्वपूर्ण योगदान हुन्छ। महामारी र संकटका बेला राज्यलाई सहयोग गर्ने पनि किसान र समग्र कृषि क्षेत्र नै हो। त्यस्तै उदाहरण प्रस्तुत गरेको छ, साना किसान कृषि सहकारी संघले।

साना किसान कृषि सहरकारी संघले काठमाडौंको कपनमा थप तरकारी बिक्री वितरण केन्द्र सञ्चालनमा ल्याएको छ। लकडाउनका बेला छिमेकी जिल्लाबाट तरकारी आयात गरेर काठमाडौंमा बिक्री गर्दै आएको संघले बिहीबारबाट कपनबाट बिक्री वितरण थालेको हो।

खेम पाठक, अध्यक्ष, साना किसान कृषि सहकारी संघ

अध्यक्ष खेम पाठकको सक्रियतामा संघले यसअघि काठमाडौंको कलंकी,बसुन्धारा र स्वयम्भुबाट एकसाथ तरकारी बिक्री सुरू गरेको थियो। कपनमा बिक्री केन्द्र खुलेसँगै सो सहकारी आबद्ध किसानले धादिङको कुम्पुरमा उत्पादन गरेको ताजा तरकारीको बिक्री थालेका हुन्।

कपनको राधाकृष्ण चोकबाट सुरू गरिएका तरकारी बिक्री अभियानलाई वडाका कम्तीमा ५ स्थानमा पुर्‍याइने बुढानिलकण्ठ नगरपालिका १२ का वडाध्यक्ष शम्भु भट्टराईले बताए। वडाका अन्य स्थानमा तरकारी बिक्री केन्द्र स्थापनाका निम्ति दुई स्थान खरिबोट र घटराज भट्टराईको शालिक छेउ तय गरिसकेको जानकारी दिँदै वडाध्यक्ष भट्टराईले भने, ‘थप दुई बिक्री केन्द्र कहाँ राख्ने भन्ने तय गर्नेर्छौ‌।’

कुमार तामाङ, अध्यक्ष, साना किसान कृषि सहकारी संस्था छत्रे देउराली, धादिङ

राधाकृष्ण चोकको बिक्री स्थलमा वडाध्यक्ष भट्टराई, वडा सदस्य पुरुषोत्तम नेपाल, सहकारीका अध्यक्ष पाठक, टोल सुधार समितिका अध्यक्ष रत्न उप्रेती, प्रहरी प्रतिनिधि र स्थानीय व्यक्तिको सहभागिता थियो। बजारबाट गोलभेडाप्रति केजी रू. १००, घिरौला रू. ७० र करेला १६० रूपैयाँमा खरिद गरिरहेका उपभोक्ताले सहकारीमार्फत सोझै किसानबाट गोलेभेडाप्रति केजी रू ४०, घिरौला रु ३५ र करेला ६५ रुपयाँमा किन्न पाउदा खुसी प्रकट गरेका छन्।

हाे पनि हेर्नुहाेस्: पूर्वप्रहरी प्रमुखबारे रमेश खरेल

बजारको भन्दा सस्तोमा सहकारीले ताज तरकारी उपलब्ध गराएपछि माग दिनदिनै बढेको संस्थाका अध्यक्ष खेम पाठकले बताए। उनले भने, ‘हामी अब किसान र उपभोक्ता जोड्ने अभियानमा जुटेका छौँ।’

सहकारीको यो अभियानको केही स्थानीय खुद्रा तरकारी पसलेहरुले विरोध गरेका थिए। महँगो तरकारी बेच्न पल्केका उनीहरुले सहकारीको अभिायान रोक्न गाडी तोडफोड गर्ने धम्की दिएका थिए। तर, स्थानीयबासी भने तरकारीमा ठग्दै आएका व्यापारीको विरोधमा देखिएका छन्। स्थाीयले सहकारीलाई तरकारी बिक्री गर्न नदिए खुद्रा पसलेविरुद्ध उत्रिने चेतावनी दिएका छन्।

शम्भु भट्टराई, वडाअध्यक्ष, बुढानिलकण्ठ नगरपालिका–१२

वडाध्यक्ष भट्टराईले जनताले सस्तोमा ताजा तरकारी उपभोग गर्न पाएकाले यसमा कोही व्यापारी कराएर केही नहुने उल्लेख गर्दै सहकारीका पदाधिकारीलाई तरकारी बिक्रीलाई निरन्तरता दिन भनेको अध्यक्ष पाठकले जानकारी दिएका छन्।

स्थानीय उपभोक्ता, जनप्रतिनिधिको साथ र सहयोग पाएपछि तरकारी किसानमा हौसला थपिएको कृषि सहकारी संस्था छत्रे देउराली धादिङका अध्यक्ष कुमार तामाङ बताए। उनले भने, ‘वडाअध्यक्ष ज्यूले थप दुई स्थानमा तरकारी बिक्रीका लागि स्थान तोकिदिनु भएको छ, भोलिबाटै हामी ती स्थानमा बिक्री केन्द्र सञ्चालनमा ल्याउने छौं।’

याे पनि हेर्नुहाेस्: काठमाडौँ उपत्यकामै श्रमिक र मजदुरको विजोक 

https://www.youtube.com/watch?v=ascriEgIn7o

प्रकाशित : ११ बैशाख २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल