काठमाडौँ, ८ वैशाख – परिवर्तनका आन्दोलनहरू अग्रपंक्तिमा रहने विद्यार्थीहरू कोभिड १९ अर्थात् विश्वव्यापी महामारीमा पनि अग्रमोर्चामा उभिएका छन्।
सत्तारुढ दल नेकपाको भ्रातृ संगठन अनेरास्ववियूले राहतको कार्य प्रारम्भ गरेर महामारीमा विद्यार्थीहरूलाई सहयोग गरेको हो।
अनेरास्ववियूका संयोजक ऐन महरको नेतृत्वमा आइतबार करिब आठ सय विद्यार्थीलाई खाद्य सामग्री वितरण गरिएको छ।







प्रतिक्रिया