Logo

राजनीति

प्रधानमन्त्री ओलीद्वारा भारतीय समकक्षीसँग टेलिफोन वार्ता, मुख्य दुई विषयमा छलफल



काठमाडौँ, २७ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग लकडाउनका कारण एकअर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्तामा दुई देशका नागरिकका सम्बन्धमा कुराकानी भएको हो।

‘आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें। कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं। लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं,’ ओलीको आधिकारी ट्वीटरमा भनिएको छ।

ओलीले कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउन आफूहरु सहमत भएको जानकारी ट्वीटमार्फत गराएका छन्। भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगतका लागि प्रधामनन्त्री ओलीले मोदीलाई धन्यवाद दिएका छन्।

‘दुई प्रधानमन्त्रीबीचको वार्तामा आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज तथा सुचारु राख्न छलफल भएको छ। आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो। भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ,’ टवीटमार्फत ओलीले भनेका छन्।

प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल