Logo

विश्व

स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसको संक्रमणबाट निधन



स्पेन, (एजेन्सी) – कोरोना भाइरस कोभिड-१९ बाट स्पेनमा एक राजकीय सदस्यको निधन भएको छ। स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसकै कारण निधन भएको हो।

टेरेसा स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य हुन्। युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको निधन भएको पुष्टि गरेका हुन्।

युवराज्ञीका कुनै सन्तान छैनन्। उनी भतिजाभतिजीको आश्रयमा रहँदै आएकी थिइन्। यसअघि बेलायती राजकुमार चार्ल्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो।

स्पेनमा कोरोना भाइरसको कारण अहिलेसम्म मृत्यु हुने मानिसको संख्या ५ हजार ८ सय १२ पुगिसकेको छ। स्पेनमा समग्र संक्रमितको संख्या ७२ हजार नाघेको छ।

प्रकाशित : १६ चैत्र २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: